वर्ष उदयीमान खेलाडीको उपाधि रोहितले जिते « Khabarhub

वर्ष उदयीमान खेलाडीको उपाधि रोहितले जिते


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ष उदयीमान खेलाडीको पुरस्कार रोहित कुमार पौडेलले हात पारेका छन् । एनसीसीएस सिप्यान क्रिकेट अवार्ड २०१९ मा पौडेलले उदयीमान खेलाडी पुरस्कार हात पारेका हुन् ।

युएई विरुद्ध अर्धसतक प्रहार गरेका पौडेलले डिभिजन २ मा पनि राम्रो प्रदर्शन गरेका थिए ।

वर्षको उदयीमान खेलाडीको सूचीमा अभिनास बोहरा, ललित नारायण राजवंशी, सन्दीप जोरा र कविता कुँवर रहेका थिए । उनीहरुलाई पछि पार्दै पौडेलले वर्ष उदयीमान खेलाडीको पुरस्कार जितेका हुन् ।

वर्ष उदयीमान खेलाडी घोषित हुन पाएकोमा निकै खुसी लागेको भन्दै पौडेलले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रममा विभिन्न विधा छुट्याइएको थियो ।

जसमध्ये ‘वर्ष उत्कृष्ट खेलाडी’ (पुरुष) ‘वर्ष उत्कृष्ट खेलाडी’ (महिला) ‘वर्ष उदीयमान खेलाडी’, ‘मोस्ट भ्यालुएबल मुभ्मेन्ट अफ दी इयर’ र ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ रहेकाछन् ।

वर्षका उत्कृष्ट १० क्षण सिप्यानले यसअघि नै सार्वजनिक गरेको थियो । जसमध्ये भोटिङमार्फत् विजेता छानिएका थिए । भोटिङ समय सोमबार राति सम्म थियो ।

वर्ष खेलाडी पुरुष र महिला तथा बर्षको उदीयमान खेलाडीको मनोनयन सिप्यानले गठन गरेको प्राविधिक टोलीले आइतबार सार्वजनिक गरेको थियो ।

यस्तै, लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्राविधिक टोलीले अर्वाड प्रदान कार्यक्रममा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

वर्ष उत्कृष्ट खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका छन् ।
यस्तै, उत्कृष्ट खेलाडी महिलातर्फ राष्ट्रिय महिला टोलीकी कप्तान रुवीना क्षेत्री बेलबासी, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर र सीता खराना मगर मनोनयनमा परेका छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रमले खेलाडीहरुका लागि उत्प्रेरणा बन्ने आशा गरिएको छ । वर्ष उत्कृष्ट खेलाडीमा युवा खेलाडीदेखि राष्ट्रिय टोलीका कप्तान पारस खड्कासम्मको नाम छ ।

पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने अन्य ४ वटै विधाका पुरस्कृत हुने खेलाडीले समान ६६ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  २ : ५२ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।