वर्ष उदयीमान खेलाडीको उपाधि रोहितले जिते « Khabarhub

वर्ष उदयीमान खेलाडीको उपाधि रोहितले जिते


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ष उदयीमान खेलाडीको पुरस्कार रोहित कुमार पौडेलले हात पारेका छन् । एनसीसीएस सिप्यान क्रिकेट अवार्ड २०१९ मा पौडेलले उदयीमान खेलाडी पुरस्कार हात पारेका हुन् ।

युएई विरुद्ध अर्धसतक प्रहार गरेका पौडेलले डिभिजन २ मा पनि राम्रो प्रदर्शन गरेका थिए ।

वर्षको उदयीमान खेलाडीको सूचीमा अभिनास बोहरा, ललित नारायण राजवंशी, सन्दीप जोरा र कविता कुँवर रहेका थिए । उनीहरुलाई पछि पार्दै पौडेलले वर्ष उदयीमान खेलाडीको पुरस्कार जितेका हुन् ।

वर्ष उदयीमान खेलाडी घोषित हुन पाएकोमा निकै खुसी लागेको भन्दै पौडेलले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रममा विभिन्न विधा छुट्याइएको थियो ।

जसमध्ये ‘वर्ष उत्कृष्ट खेलाडी’ (पुरुष) ‘वर्ष उत्कृष्ट खेलाडी’ (महिला) ‘वर्ष उदीयमान खेलाडी’, ‘मोस्ट भ्यालुएबल मुभ्मेन्ट अफ दी इयर’ र ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ रहेकाछन् ।

वर्षका उत्कृष्ट १० क्षण सिप्यानले यसअघि नै सार्वजनिक गरेको थियो । जसमध्ये भोटिङमार्फत् विजेता छानिएका थिए । भोटिङ समय सोमबार राति सम्म थियो ।

वर्ष खेलाडी पुरुष र महिला तथा बर्षको उदीयमान खेलाडीको मनोनयन सिप्यानले गठन गरेको प्राविधिक टोलीले आइतबार सार्वजनिक गरेको थियो ।

यस्तै, लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्राविधिक टोलीले अर्वाड प्रदान कार्यक्रममा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

वर्ष उत्कृष्ट खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका छन् ।
यस्तै, उत्कृष्ट खेलाडी महिलातर्फ राष्ट्रिय महिला टोलीकी कप्तान रुवीना क्षेत्री बेलबासी, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर र सीता खराना मगर मनोनयनमा परेका छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रमले खेलाडीहरुका लागि उत्प्रेरणा बन्ने आशा गरिएको छ । वर्ष उत्कृष्ट खेलाडीमा युवा खेलाडीदेखि राष्ट्रिय टोलीका कप्तान पारस खड्कासम्मको नाम छ ।

पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने अन्य ४ वटै विधाका पुरस्कृत हुने खेलाडीले समान ६६ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  २ : ५२ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा