सीमा रक्षाका विषयमा सबै दल एकजुट : नेता खनाल « Khabarhub

सीमा रक्षाका विषयमा सबै दल एकजुट : नेता खनाल


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए ।

सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उनको भनाइ थियो । उनले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, “राष्ट्रियताको सवालमा सबैको एकै आवाज छ, हामी हाम्रो भूमि चाँडै फिर्ता गर्छौ ।” पर्यटन वर्षको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सूर्योदय नगरपालिकालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव सम्पन्न भएको छ ।

गत मङ्सिर १४ गतेबाट सञ्चालित महोत्सव १८ गते सम्पन्न भएको हो । स्थानीयवासीले उत्पादन गरेका वस्तु महोत्सवमा राखेका थिए । साथै पर्यटकीय क्षेत्रमा सांकृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १२ : २७ बजे

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)