सामाजिक सुरक्षा कोषमा थपिए १३ हजार श्रमिक « Khabarhub

सामाजिक सुरक्षा कोषमा थपिए १३ हजार श्रमिक


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा साढे १३ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सामेल भएका छन् । बुधबारसम्म १ लाख २९ हजार २४५ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।

अघिल्लो बुधबारसम्म १ लाख १५ हजार ६०६ श्रमिक सहभागी भएका थिए । श्रमिकको सूचीकरण बढेसँगै सोही अवधिमा झण्डै १ हजार २०० प्रतिष्ठानले पनि आफूलाई कोषमा सूचीकृत गराएका छन् । बुधबारसम्म कोषमा ११ हजार ७२९ रोजगारदाता सूचीकृत भएका छन् ।

सबैभन्दा बढी प्रदेश नं ३ बाट ९३ हजार ४८७ र सबैभन्दा कम कर्णाली प्रदेशबाट १५७ श्रमिक योजनामा सहभागी भएका छन् । प्रदेश नं १ मा २१ हजार २६९, प्रदेश नं २ मा सात हजार १७७, गण्डकी प्रदेशमा तीन हजार ९९०, प्रदेश नं ५ मा दुई हजार ७०३ र सुदूरपश्चिम प्रदेशमा ४३५ श्रमिक सूचीकृत भएका छन् ।

कर्णाली प्रदेशमा श्रमिकको सूचीकरण अत्यन्त कम देखिएको छ । सो प्रदेशबाट ११८ रोजगारदाता सूचीरण हुँदा झण्डै सोही सङ्ख्यामा मात्र श्रमिक सूचिकृत भएका छन् ।

सबैभन्दा बढी प्रदेश नं ३ बाट सात हजार ८१५ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । यस्तै प्रदेश नं १ बाट एक हजार ८४०, प्रदेश नं ५ बाट ८३४, गण्डकी प्रदेशका ५४०, प्रदेश नं २ का ४६० र सुदूरपश्चिम प्रदेशका १२२ रोजगारदाता सूचीकृत भएका छन् ।

बुधबारसम्म २४ करोड २९ लाख ६० हजार ३८५ रुपैयाँ ४५ पैसा योगदान रकम सङ्कलन भएको छ । सूचीकरणमा ६९ जिल्ला समेटिएका छन् । कोषबाट दुई श्रमिकका परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता लिन थालेका छन् । कोषले सूचीकरणका लागि यही मङ्सिर १४ गतेसम्म समयसीमा तोेकेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : २७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक