प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटबार्ता « Khabarhub

प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटबार्ता


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत-नेपाल प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटघाट भएको छ । युनियन बेलायत शाखाको अधिवेशन सम्पन्न गर्न यहाँ आएका युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी तथा बेलायतका सांसद विरेन्द्र शर्माबीच बेलायतमा रहेका नेपाली पत्रकार र नेपाली समुदायका समस्याका विषयमा छलफल भएको हो।

नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष रहेका पत्रकार एभरेष्ट गौतमको पहलमा युनियनका पदाधिकारी र सांसदबीच भेटघाट भएको हो । लेबर पार्टीको तर्फबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्ने सांसद शर्माले नेपाली समुदायलाई गर्न सक्ने सहयोगकालागि आफू तत्पर रहेको बताए । सांसद शर्माले नेपालबाट बेलायत पुग्ने उच्च राजनीतिक नेतृत्वसँग समेत भेटघाट गर्दै आएका छन् ।

दक्षिणएसिया मामिला हेर्ने संसदीय समितिका संयोजक समेत रहेका शर्मा भारतीय मूलका बेलायती नागरिक हुन् । उनी ५० वर्ष अघि भारतको पञ्जाबबाट बेलायत पुगेर संघर्ष गर्दै यो स्थानमा पुगेका हुन् । सांसद शर्माले यहाँ बस्ने नेपाली समुदायले बेलायती राजनीतिप्रति चासो राखेर माथि उठ्न सक्ने बताए ।

नेपालबाट बेलायतमा आइ राजनीतिमा सक्रिय रहेका नेपाली मुलका बेलायती नागरिक बच्चुकैलास कैनी , शिवजी श्रेष्ठको पनि सांसद शर्माले उदाहरण दिँदै अरु नेपाली पनि राजनीतिमा आउन सक्ने बताए । कैनी बेलायतमा सांसदको उमेद्वार बनिसकेका छन् भने श्रेष्ठ यहाँको लेबर पार्टीको नेताको रुपमा परिचित छन् ।

सुरुमा कन्डक्टरको काम गर्दा ट्रेड युनियन आन्दोलनमा सक्रिय सांसद शर्मा एक दशक ट्रेड युनियन आन्दोलनमा काम गरेपछि चार दशकदेखि बेलायतको राजनीतिमा सक्रिय छन् । लेबर पार्टीकोतर्फबाट तीन पटक सांसद भैसकेका छन् । उनले बेलायतको इलिङ साउथ हलबाट प्रतिनिधित्व गर्छन् । आगामि जुलाई वा अक्टोबरमा नेपाल भ्रमणमा जाने जानकारी दिए ।

भेटबार्तामा बेलायतमा रहेका ब्रिटिस सैनिक, नेपाली समुदाय र पत्रकारका समस्याको बारेमा युयिनका महासचिव शिवाकोटीले सांसद शर्माको ध्यानाकर्षण गराउँदै सहयोग गर्न आग्रह गरेका थिए । शिवाकोटीले प्रेस युनियन ट्रेड युनियन अधिकारका लागि क्रियाशिल संस्था भएको जानकारी गराउँदै बेलायतसँग सहकार्य गरेर पत्रकारका क्षमता विकासका कार्यक्रममा साझेदारी गरेर अघि बढ्न सक्ने बताए ।

बेलायतमा रहेका नेपाली पत्रकारको क्षमता विकास र सहज रिपोटिङको प्रबन्ध मिलाउने व्यवस्था मिलाउन सांसद शर्मालाई महासचिब शिवाकोटीले आग्रह गरेका थिए । शिवाकोटीले वेलायतमा रहेका नेपाली समुदायको अपेक्षा बेलायत सरकारसँग पुर्याउन सहयोग गर्न अनुरोध गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  २ : ०४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका