भन्सार चेकजाँचका क्रममा सुनसरीमा गोली चल्यो, प्रहरी र स्थानीय घाइते « Khabarhub

भन्सार चेकजाँचका क्रममा सुनसरीमा गोली चल्यो, प्रहरी र स्थानीय घाइते


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– भन्सार चेकजाँच गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा सुनसरीको भोक्राहामा गोली चलेको छ ।

भारतसँग नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई चेकजाँचका क्रममा विवाद हुँदा घटनाले उग्र रुप लिएको हो ।

चेकजाँचका क्रममा प्रहरीमाथि आक्रमण भएको जनाइएको छ । स्थानीयका अनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले चेकजाँचका क्रममा विवाद उत्पन्न भएको बताए ।

‘गोली नै चलेको भन्ने अहिलेसम्म जानकारीमा आएको छैन । चेकजाँचको क्रममा विवाद भएको हो,’ एसपी अधिकारीले खबरहबसँग भने, ‘सर्वसाधारणको आक्रमणबाट हाम्रा (प्रहरी)का एकजना सई घाइते हुनुभएको छ ।’

झडपका क्रममा केही सर्वसाधारण पनि घाइते भएका जनाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ५ : १७ बजे

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?