अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ « Khabarhub

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै वर्तमान सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू खुलिरहेको बताए । 

उनले १ खर्बभन्दा बढी बिगो मागसहित नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल अहिले न्यायिक प्रक्रियामा रहेको जानकारी दिए । 

मन्त्री वाग्लेले मुलुक कहिल्यै बन्दैन भनेर युवाहरू विदेशिनुपर्ने भाष्य चिर्न सरकारले अर्थव्यवस्थामा देखिएको सम्पूर्ण उल्झनलाई हटाउने अभियान सुरु गरेको बताए । 

उनले युवाहरूलाई बिदेसिन नपरोस् भन्नका लागि मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन सरकार ५ वर्षको स्पष्ट रोडम्यापसहित अघि बढिरहेको दाबी समेत गरे ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मन्त्रालयको करिब ८० प्रतिशत काम वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानमै केन्द्रित भइरहेको बताए । 

उनले नीतिगत सुधारका लागि १०० दिनभित्रै वैदेशिक रोजगार ऐन संशोधन गरेर आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने दिशामा सरकार अघि बढेको जानकारी दिए । 

उनले युवाहरूलाई रोजगार खोज्ने मात्र नभई अवसर पहिचान गर्ने र असफलतासँग नडराई सानै स्तरबाट भए पनि उद्यम सुरु गर्न जोड दिए ।

विश्व बजारलाई लक्ष्य गर्दै नेपालको अदुवा, चियादेखि लिएर सूचना प्रविधि (आईटी) क्षेत्रसम्म निर्यात गर्नुपर्नेमा उनले जोड दिए । 

साथै, वैदेशिक रोजगारीका लागि खाडी लगायतका मुलुकमा जाने श्रमिकहरूको हकमा न्यूनतम ५०० अमेरिकी डलरभन्दा कम तलबमा श्रम स्वीकृति नदिने अडान सरकारले लिएको उनले स्पष्ट पारे । 
  

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ६ : ५५ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित