बेलायती प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटको म्याद फेरि बढाउन ‘इयु’सँग आग्रह « Khabarhub

बेलायती प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटको म्याद फेरि बढाउन ‘इयु’सँग आग्रह


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती प्रधानमन्त्री टेरिजा मेले युरोपेली युनियन इयुबाट बाहिरिने म्याद आगामी जुन ३० सम्म बढाउनका लागि इयुलाई औपचारिक पत्र लेखेकी छिन् ।

बेलायती सञ्चारमाध्यमका अनुसार उनले युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कलाई सम्बोधन गर्दै लेखेको पत्रमा हाल बेलायतमा बेलायत इयुबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे गरिएको सम्झौताको प्रस्ताव संसद्ले पारित गर्न नसकेको र यसबारे प्रयास भइरहेको भन्दै त्यसका लागि आगामी जुन ३० सम्मको म्याद थप्न आग्रह गरिएको छ ।

ब्रेक्जिटबारे उनले इयुसँग गरेको सम्झौता बेलायती संसद्ले तीन पटकसम्म अस्वीकार गरिसकेको छ । यसअघि मार्च २९ मा औपचारिक रुपमा बेलायत इयुबाट बाहिरिने मिति तोकिएपनि मेले इयुसँग ब्रेक्जिटको मिति सार्न अनुरोध गरेकी थिइन् । उनको अनुरोधअनुसार बेलायत इयुबाट औपचारिक रुपमा बाहिरिने मिति मार्च २९ बाट बढाएर अप्रिल १२ सम्म सारिएको थियो ।

तर, अप्रिल १२ मा पनि प्रधानमन्त्री मेको बे्रक्जिट सम्झौता बेलायती संसद्ले पारित गर्ने सम्भावना कम रहेकाले त्यसलाई पनि बढाउन मेले इयुसमक्ष आग्रह गरेकी हुन् ।

उनको पत्रमा आगामी मे २३ मा हुने युरोपेली संसद्को निर्वाचनको समयमा पनि बेलायत इयुको सदस्य नै रहने अवस्था आएको खण्डमा उक्त चुनावमा बेलायतबाट पनि उम्मेद्वार उठाउन सक्ने उल्लेख छ ।

मेले पठाएको पत्र बारे युरोपेली परिषद्ले इयु सदस्य राष्ट्रका प्रतिनिधिसँग बे्रक्जिटको म्याद बढाउन प्रस्ताव गर्ने तथा सदस्य राष्ट्रका प्रतिनिधिले सर्वसम्मत रुपमा त्यो प्रस्ताव पारित गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ५ : ३१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको