मेलापात र घरधन्दामै सीमित महिला, सम्पत्तिमा हुँदैन पहुँच | Khabarhub Khabarhub

मेलापात र घरधन्दामै सीमित महिला, सम्पत्तिमा हुँदैन पहुँच


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– यस क्षेत्रका अधिकांश ग्रामीण महिलाहरु अहिले पनि घरायसी कामको जिम्मेवारीमै सीमित छन् । मेलापात, पाटीपौवा, धारापँधेरा र बालबालिकाको भरणपोषणसमेत गर्ने उनीहरु हिंसाको चपेटामा पनि त्यत्तिकै पर्दै आएका छन् ।

बिहान उठ्ने बित्तिकै स्याउला सोत्तर, खेतीपाती गोडमेल, घरधन्दामै बित्छ उनीहरुको दैनिकी । संविधानले दिएको अधिकारका विषयमा बहुसङ्ख्यक महिला आजसम्म पनि जानकार देखिँदैनन् । त्यसमा ग्रामीण महिलाहरु झनै पछाडि छन् । संविधानले दिएको अधिकार शिक्षित, पढेलेखेका, बाठाटाँठा र सुगमका सीमित महिलाबाहेक सोझा र ग्रामीण महिलाहरुले उपभोग गर्न पाएका छैनन् ।

महिलाको यो पीडा कर्णालीभित्रको ग्रामीण कर्णालीमा अधिक देखिन्छ । पारिवारिक बोझले सोच्न नसक्ने यस अवस्थाका महिलालाई अधिकारका कुरा सुनाउनु व्यर्थै सुनाएझैँ लाग्छ । मूलतः सम्पत्तिमा ग्रामीण महिलाको पहुँच कम रहेको तथ्य जिल्ला मालपोत कार्यालय सुर्खेतको अभिलेखले प्रष्ट्याउँछ ।

यस कार्यालयबाट चालू आव २०७५/७६ को छ महीनामा आठ हजार लिखत पास भए । जसमा ३३ प्रतिशत लिखत महिलाको नाममा पास भएका छन् । कूल लिखतमध्ये २५ प्रतिशत छुट पाउने महिलाका नाममा दुई हजार ६५५ लिखत पास भएको जिल्ला मालपोत कार्यालय सुर्खेतका प्रशासन प्रमुख सीता चपाईंले जानकारी दिनुभयो ।

“राज्यले २५ प्रतिशत छुट दिएर आफ्नो नाममा लिखत पास गर्ने कूल महिलामध्ये वीरेन्द्रनगर नगरपालिकाका दुई हजार ६३९ महिला रहेका छन्” प्रशासन प्रमुख चपाईंले भन्नुभयो, “यद्यपि ग्रामीण क्षेत्रलाई केलाएर हेर्दा मात्र १६ जना (०.६०प्रतिशत) महिलाको नाममा लिखत पास भएका छन्”, यसले गाउँका महिलाको सम्पत्तिमा पहुँचविहीन छन् भन्ने स्पष्ट पार्दछ ।

यसो हुनुको प्रमुख कारण सम्पत्तिमा ग्रामीण महिलाको सहज पहुँच नहुनु र घरायसी मामलामा व्यस्त हुनु हो भन्छिन्, जिल्ला मालपोत अधिकृत लक्ष्मी खत्री । उनले भनिन्, “तथ्याङ्क अध्ययन गर्दा ग्रामीण महिलाको अवस्था अहिले पनि निकै दयनीय छ भन्ने देखिन्छ ।” त्यस्तै, ग्रामीण क्षेत्रबाट आफ्नो नाममा लिखत पास गर्ने एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित र ज्येष्ठ नागरिक कोही नभएको उनले बताइन् ।

उनका अनुसार नगरमा एक एकल महिला, तीन अपाङ्गता भएका व्यक्ति र एक दलितको नाममा लिखत पास भएका छन् । मालपोत कार्यालय सुर्खेतले चालु आव २०७५/७६ को छ महीनामा रु १४ करोड राजश्व सङ्कलन गरेको छ । महिलाको नाममा लिखत पास हुँदा उनीहरुले यो अवधिमा रु एक करोड ५१ लाख ३५ हजार ४९३ छुट पाएका छन् ।

पछिल्लो तथ्याङ्कले खासगरी कर्णाली प्रदेशअन्तर्गत ग्रामीण महिलाको वास्तविक जीवनबारे सरकारलाई अझै बोध नभएको महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढा बताउँछिन् । महिलाको शैक्षिक, सामाजिक र आर्थिकस्तर वृद्धिमा सरकारले ध्यान दिनुपर्ने र त्यसका लागि कठिन भूगोल, उत्पीडित वर्ग, अल्पसङ्ख्यक तथा सिमान्तकृत जातिलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ ।

– शुरबहादुर सिंह 

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ५९ बजे

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार