क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए– प्रचण्ड « Khabarhub

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए– प्रचण्ड


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूएईविरुद्धको तीन एकदिवसिय तथा तीन ट्वान्टी—२० शृङ्खलामा समान २—१ को जित हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई तथा शुभकामना दिएका छन् ।

मंगलबार आफ्नै निवासमा खेलाडी, प्रशिक्षक तथा प्राविधिक टोलीलाई बोलाएर अध्यक्ष प्रचण्डले खुसी साटेका हुन् ।

खेलाडीको ऐतिहासिक सफलताले विश्व सामू नेपालको सम्मान र इज्जत बढाउन सफल भएको प्रचण्डले बताए ।

“देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको छ,” प्रचण्डले भने,“ राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने रंगशालाबाट क्रिकेट खेलको विकासमा झन् योगदान पुग्नेछ ।”

अभ्यक्ष प्रचण्डले क्रिकेटको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १२ : १३ बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा