कालीप्रसादले ‘इन्स्टाको फोटो’ चोर्ने, गुमनाम बस्ने? « Khabarhub

कालीप्रसादले ‘इन्स्टाको फोटो’ चोर्ने, गुमनाम बस्ने?


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय हिट भएको गीत ‘इन्स्टाको फोटो’ कालीप्रसाद बास्कोटाले फ्रेन्च गीतबाट चोरी गरेको पाइएपछि फ्यानले सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् ।

गीत चोरी भएको थाहा नभएसम्म त फ्यानले उक्त गीतको तारिफ गरिरहेका थिए । तर, यो गीत चोरी गरेको थाहा पाएपछि फ्यानले खुलेरै विरोध गरेका छन् भने नजिकका साथीहरुले यसबारेमा बोल्न चाहँदैनन् । सीधै ‘नो कमेन्ट’ भनेर तर्किन खोज्छन् ।

‘इन्स्टाको फोटो’ गीत चोरी भएको थाहा पाएपछि यो गीत युट्युबको ट्रेन्डिङबाट पनि हटेको थियो । साथै यसको रिप्लाईमा एलिना चौहानले गाएको कभर गीत ट्रेन्डिङमा परेको थियो ।

पहिले त एलिनाले गाएको यो गीतलाई कालीले कपीराइट गरिदिएको समेत भनिएको थियो । अहिले भने चौहानले गाएको गीत पनि युट्युबमा भेटिन्छ । यो गीतलाई कालीप्रसाद बास्कोटाले फ्रेन्च गीतबाट चोरी गरेका थिए ।

यसबारेमा कालीप्रसाद बास्कोटासँग कुरा गर्दा सम्पर्क हुन सकेन । गीत चोरीको आरोप लागेपछि कालीप्रसाद बास्कोटा सम्पर्कमा आएका छैनन् ।

कालीले आफैले पनि गीत चोरी बारेमा बोल्नुपर्नेमा नेपाल आइडलको निर्णायक समेत बनेका काली यसरी गीत नै चोरी गर्न चाहिँ नहुने थियो भन्ने नैतिक प्रश्न उठेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १ : ५६ बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको