बुर्किना फासोमा करिब डेढ सय आतंकवादी मारिए « Khabarhub

बुर्किना फासोमा करिब डेढ सय आतंकवादी मारिए


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले चलाएको सैनिक कारबाहीमा १ सय ४६ संदिग्ध आतंककारी मारिएका छन् । बुर्किना फासोको पश्चिमी क्षेत्रमा सेनाले गरेको आतंकवादीविरुद्ध सैनिक कारबाहीमा उनीहरुको मारिएका हुन् ।

आइतबार पश्चिमी बोख्ल द महुन क्षेत्रमा आतंकवादीको आक्रमणमा १४ जनाको ज्यान गएपछि आतंकवादीविरुद्धको थप सैन्य कारबाही अघि बढाइएको बुर्किनाबे सैनिक अधिकारीले जनाएका छन् ।

बुर्किनाबे सैनिक अधिकारीले आतंकवादीविरुद्धको कारबाहीलाई निरन्तरता दिइरहेको छ । बुर्किना फासोमा गत तीन वर्षयता इस्लामिक अतिवादीहरुले सैनिक तथा गैरसैनिकलाई तीव्र निसाना बनाउँदै आएको थियो ।

गत डिसेम्बर २७ मा भएको आक्रमणमा १० बुर्किनाबे शसस्त्र प्रहरीको ज्यान गएपछि बुर्किना फासोका १३ मध्ये ७ क्षेत्रमा संकटकाल घोषणा गरिएको थियो ।

– एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५० बजे

रूस–युक्रेन द्वन्द्व चर्कियो, ड्रोन र क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु

काठमाडौं– रूस र युक्रेनबीच जारी युद्धका क्रममा बिहीबार भएका ड्रोन

अमरेश र मनिष बिच्किँदा मधेशमा रास्वपाले कस्तो धक्का व्यर्होला ?

काठमाडौं– कुनै सांगठनिक आधार नभएको मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीका लागि

सुशीलाले खारेज गरेको सुविधा बालेनले फर्काए, सांसदले अब स्वकीय सचिव राख्न पाउने

काठमाडौं– वालेन्द्र शाह नेतृत्वको सरकारले संघीय सांसदले स्वकीय सचिव राख्न

साउन महिनाका लागि थप घट्यो बैंकमा निक्षेपतर्फको ब्याजदर

काठमाडौं– असार महिनाको तुलनामा साउनमा बैंकहरूको व्यक्तिगत र संस्थागत दुवैतर्फको

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई