अमेरिकी विशेष प्रतिनिधि उत्तर कोरिया जाँदै | Khabarhub Khabarhub

अमेरिकी विशेष प्रतिनिधि उत्तर कोरिया जाँदै


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधिले उत्तर कोरियाली समकक्षीसँग बुधबार भेटवार्ता गर्दैछन् ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगन उत्तर कोरियाली समकक्षी किम ह्योक चोललाई भेट्न मंगलबार दक्षिण कोरियाको इन्चोन शहर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी आइतबार दक्षिण कोरिया ओर्लिएको उनले दक्षिण कोरियाली अधिकारीसँग भेटवार्ता गरेका दक्षिण कोरियाको योन्हाप समाचार संस्था योन्हापले जनाएको छ । बाइगन र किमबीच उत्तर कोरियाको राजधानी प्योङयाङमा वार्ता हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने दोश्रो शिखर वार्ताको मिति तथा स्थान अर्को साता घोषणा गर्ने जनाएका छन् ।

बाइगनको उत्तर कोरिया भ्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच दोश्रो शिखर वार्ताको तयारीका रुपमा लिइएको छ ।

बाइगन र किम ह्योक चोलबीच ट्रम्प र किमबीच हुने दोश्रो शिखर वार्ताको अजेण्डा तय गर्ने विषयमा छलफल हुने अज्ञात कुटनीतिक श्रोतलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।

योन्हाप

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५४ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

पर्यटकको रोजाइमा महाकाली पुल

बेदकोट– कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मंगलबारे– इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ ।

बाङ्गेचौर आधारभूत रङ्गशाला : बजेट विनियोजन भयो, कार्यान्वयन भएन

गलकोट– बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनेको धेरै वर्ष

बराहक्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि

बराहक्षेत्र– पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि