अमेरिकी विशेष प्रतिनिधि उत्तर कोरिया जाँदै « Khabarhub

अमेरिकी विशेष प्रतिनिधि उत्तर कोरिया जाँदै


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधिले उत्तर कोरियाली समकक्षीसँग बुधबार भेटवार्ता गर्दैछन् ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगन उत्तर कोरियाली समकक्षी किम ह्योक चोललाई भेट्न मंगलबार दक्षिण कोरियाको इन्चोन शहर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी आइतबार दक्षिण कोरिया ओर्लिएको उनले दक्षिण कोरियाली अधिकारीसँग भेटवार्ता गरेका दक्षिण कोरियाको योन्हाप समाचार संस्था योन्हापले जनाएको छ । बाइगन र किमबीच उत्तर कोरियाको राजधानी प्योङयाङमा वार्ता हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने दोश्रो शिखर वार्ताको मिति तथा स्थान अर्को साता घोषणा गर्ने जनाएका छन् ।

बाइगनको उत्तर कोरिया भ्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच दोश्रो शिखर वार्ताको तयारीका रुपमा लिइएको छ ।

बाइगन र किम ह्योक चोलबीच ट्रम्प र किमबीच हुने दोश्रो शिखर वार्ताको अजेण्डा तय गर्ने विषयमा छलफल हुने अज्ञात कुटनीतिक श्रोतलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।

योन्हाप

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी