विराटनगरको कप्तानी करण केसीले गर्ने « Khabarhub

विराटनगरको कप्तानी करण केसीले गर्ने


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) मा उपविजेता बनेको विराटनगर किङ्सको कप्तानी करण केसीले गर्ने भएका छन् । मंगलबार क्लबले राजधानीमा पत्रकार सम्मेलन गरी करणले टिमको नेतृत्व गर्ने जानकारी दिएको हो ।

यसअघि नै खेलाडी बोल कबोल अक्सनबाट छनोट गरिसकेको विराटनगरले प्रथम श्रेणी खेलिसकेका अनुभवी दुई भारतीय खेलाडीलाई विदेशी खेलाडीको कोटामा भित्र्याएको छ । भारतीय क्लब रेलबेजबाट रणजी ट्रफी खेलीसकेका देब्रेहाते स्पिनर अभिनास यादव र देब्रेहाते ब्याट्सम्यान शिभकान्त शुक्लालाई टिममा आवद्ध गरेको हो ।

३२ वर्षे यादवले २५ प्रथम श्रेणी खेलमा ७६ विकेट लिइसकेका छन् भने ३३ वर्षे शुक्लाले ८५ प्रथम श्रेणीको खेलमा ४ हजारभन्दा बढी रन बनाएका छन् । टिमको प्रशिक्षक शेरबहादुर (सुनिल) रहेका छन् भने विराटनगर किङ्सको मुख्य प्रायोजक श्रीएयरलाइन्स रहेको छ ।

यसअघिका दुई संस्करणमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी गरेको टोलीमा पारसले डीपीएल नखेल्ने भएपछि करण टिमको रणनीतिक खेलाडी घोषित भएका थिए ।

डीपीएल माघ २६ गतेदेखि प्रस्तावित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । विराटनगरले डीपीएलको उद्घाटन खेलमा धनगढी स्टार्ससँग २६ गते खेल्नेछ ।

विराटनगर टिम
कप्तान—करण केसी
कुशल भुर्तेल, अर्जुन अधिकारी, किशोर महतो ,आसिफ शेख, राजेश पुलामी मगर , महोमद संसद शेख, पृथु बास्कोटा, हरिशंकर साह, सुशन भारी श्रेष्ठ, अमृत गुरुङ, तृत राज दास, सुवाष ऐर, अभिनाश कर्ण, शिवकान्त शुक्ला

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ५१ बजे

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।