सोनाम ल्होसार : सेल्फीमा रमाउनेदेखि नाच्ने गाउनेसम्म (१० तस्वीरमा) | Khabarhub Khabarhub

सोनाम ल्होसार : सेल्फीमा रमाउनेदेखि नाच्ने गाउनेसम्म (१० तस्वीरमा)


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुभर रहेका तामाङ समुदायले सोनाम ल्होसार भव्यरुपमा मनाएका छन् । ल्होसारका अवसरमा काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । अन्य ठाउँमा भन्दा काठमाडौंको रौनक केही पृथक थियो । आफ्नो मौलिक परम्परामा सजिएका युवायुवतीहरु सेल्फी र नाचगानमा व्यस्त रहेका थिए ।

कुकुर वर्षलाई बिदाइ गरी सुँगुर वर्षलाई स्वागत गरेर सोनाम ल्होसार पर्व मनाइएको हो । चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गर्छन् ।  मञ्जुश्री पात्रोअनुसार मंगलरबारदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष शुरु भएको छ ।

यो २८५५औँ सोनाम ल्होछार हो । लोसारका अवसरमा मंगलबार काठमाडौंको टुंडिखेलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो ।मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ ।

 

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १० : २० बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको