आज भगवान सूर्यको विशेष दिन, नगर्नुस् भुलेर पनि यी काम | Khabarhub Khabarhub

आज भगवान सूर्यको विशेष दिन, नगर्नुस् भुलेर पनि यी काम


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कुनै ग्रहसँग जोडिएको हुन्छ । हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो ।

आइतबार(आज) सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । साथै काशीको कोतवाला भैरवको प्रिय दिन पनि आइतवार हो ।

ज्योतिष विज्ञानका अनुसार हरेक ग्रहको मनपर्ने र नपर्ने कुरालाई ध्यानमा राखेकर काम गर्न जरुरी हुन्छ । यसो गर्दा धेरै कुरामा फाइदा हुने धर्मशास्त्रमा उल्लखे गरिएको छ ।

थाहा पाउनुस् आइतवार कुन काम गर्ने कुन नगर्ने ?

तपाईंको कुण्डलीमा सूर्य दुर्बल न हुन् र तपाईको अनिष्ट समय नआओस् भन्नका लागि केही काम आइतवार गर्न उपयुक्त हुँदैन ।
–आइतवारको दिन सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन राम्रो हुँदैन ।
–आइतबार मासु, रक्सी जस्ता तामसी भोजन बर्जित गरिएको छ । यसको सेवनले सूर्यको दुष्प्रभाव जागृत हुन्छ ।
–आइतबार दिउँसो सम्भोग गर्न हुँदैन ।
–आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्न हुँदैन । मान्यताहरुका अनुसार यस्तो काम गर्नाले व्यक्तिमा दरिद्रताको वास हुन्छ ।
–आइतबार तुलसीको पात चुड्ने वा तुलसीमा पानी हाल्ने काम गर्न उपयुक्त हुँदैन ।
यस दिन तामाका सामान किन्नबाट जोगिनुहोस् ।

के गर्ने त ?

आइतवारका दिन भगवान सूर्य तथा भैरव नाथको पूजाको विशेष दिन हो । त्यसैले ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिन जरुरी छ ।

सूर्य अर्घ्य मन्त्र–
ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।

ॐ सूर्याय नम: , ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:।
अर्घ्य समर्पयामि।।

सूर्य ध्यान मन्त्र–

ध्येय सदा सविष्तृ मंडल मध्यवर्ती।
नारायणस् सर सिंजासन सन्निस् विष्ठस्।।
केयूरवान्मकर कुण्डलवान किरीटी।
हारी हिरण्यमय वपुधृत शंख चक्र।।
जपाकुसुम संकाशं काश्यपेयं महाधुतिम।
तमोहरि सर्वपापध्‍नं प्रणतोऽस्मि दिवाकरम।।
सूर्यस्य पश्य श्रेमाणं योन तन्द्रयते।

यस दिन सूर्य मन्त्रको जपले विशेष फाइदा पुग्छ ।

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक छ । यी कामबाट यश प्राप्त हुनका साथै सबै समस्या समाधान हुन्छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ०४ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको