नियम बनाउने कै बदमासी : चालक र सहयोगीमा आफ्नै नाम राखेर तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष « Khabarhub

नियम बनाउने कै बदमासी : चालक र सहयोगीमा आफ्नै नाम राखेर तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन्। तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो। जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेको नयाँ पत्रिकामा खबर छ ।

‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन्। अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ। तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ। पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ।’

नयाँ पत्रिकालाई प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन्। चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ।

संसद् सचिवालयले गत पुसदेखि सांसद तथा पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धितकै खातामा जम्मा गर्ने व्यवस्था गरेको थियो। ऐनअनुसार संघीय संसद्का सभामुख र अध्यक्षको स्वकीय सचिवालयमा सात कर्मचारीको सुविधा हुन्छ। अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, स्वकीय सचिवद्वय मनबहादुर क्षेत्री र कृष्णमणि बराल तथा कम्प्युटर अधिकृत उदय तिमिल्सिनाको व्यक्तिगत बैंक खाता नम्बर सचिवालयलाई प्राप्त छ। तर, दुई हलुका सवारीचालक र दुई कार्यालय सहयोगीको नाममा भने ‘गणेशप्रसाद तिमिल्सिना’ नै उल्लेख छ।

संसद् सचिवालयस्थित सवारीसाधन व्यवस्थापन शाखा प्रमुख कान्छा दुलाल भने अध्यक्षले सचिवालयको चालक प्रयोग नगरेको बताउँछन्। अध्यक्षको निजी चालक लापसाङ तामाङ भएको उनको दाबी छ। ‘अध्यक्षको गाडी चलाउन सचिवालयको चालक छुट्याएको छैन,’ दुलालले भने। तर, बुधबार उनले दाबी गर्दै गर्दा शाखामा आइपुगेका सचिवालयका चालक सलामसिंह लामाले दुलालको दाबीलाई झुट पुष्टि गरिदिए। दुलालले कहाँ गएर आउनुभयो भनेर सोधेको प्रश्नमा सलामसिंहले जवाफ फर्काए, ‘राष्ट्रपतिको विदेश सवारी थियो, अध्यक्षज्यूलाई एयरपोर्ट पुर्‍याएर आएँ।’ नियमअनुसार सचिवालयकै सवारी प्रयोग गरे निजी सवारीचालक शीर्षकमा रकम बुझ्नै मिल्दैन।

त्यस्तै पत्रिकाले जनसंख्याभन्दा धेरै जमिनका टुक्रा भएको, मेरो सरकारबारे प्रधानमन्त्रीले प्रष्टिकरण दिएको लगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ३२ बजे

एमालेको महाधिवेशनमा प्रयोग हुनेछ ८० वटा भोटिङ मेसिन

काठमाडौँ- नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय

काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर

नयाँदिल्ली – भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको