‘वीर विक्रम २’ मोफसलमा « Khabarhub

‘वीर विक्रम २’ मोफसलमा


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘वीर विक्रम २’ को टिम प्रचारका लागि मोफसल टुरमा निस्केको छ । प्रचारका क्रममा निर्माण टिम पोखरा पुगेको छ ।

जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मको प्रचारमा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायत जुटेका छन् । पोखरामा सम्पन्न कन्सर्टमा यी कलाकारका अलावा बाल गायक मनिष लिम्बुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

पोखराको चिप्लेढुंगामा सम्पन्न कन्सर्टमा पोखरेली दर्शकको बाक्लो उपस्थिति थियो । कन्सर्टमा कलाकारले फिल्म ‘वीर विक्रम २’ हेर्न दर्शकलाई आग्रह समेत गरे ।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा मित्रताको कथालाई कथानक बनाइएको छ । फिल्ममा पल र नाजिर साथीका रुपमा देखिएका छन् भने वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका छ ।

रिलिजअघि चलचित्रको राम्रो चर्चा छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : २८ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द