दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि थप्पड प्रहार « Khabarhub

दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि थप्पड प्रहार


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि आक्रमण भएको छ ।

चुनाव लक्षित रोड शोका क्रममा दिल्लीको मोतिनगरमा शनिबार केजरीवालमाथि एक युवकले थप्पड प्रहार गरेका हुन् ।

केजरीवाल लोकसभा निर्वाचनका लागि पश्चिम दिल्लीबाट आम आदमी पार्टीका उम्मेदवार बलबीर सिंह जाखडको चुनावी प्रचारमा सहभागी थिए ।

प्रचारका क्रममा केजरीवालसँग जाखड पनि छत नभएको एक गाडीमा सवार थिए । उनीहरु गाडीमै रहेका बेला एक युवकले गाडीमा चढेर केजरीवालमाथि थप्पड प्रहार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आम आदमी पार्टीले केजरीवालमाथि भएको आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)को संलग्नता रहेको आरोप लगाएको छ ।

तर, भाजका नेताहरुले भने चुनावी माहोल आफ्नो पक्षमा पार्न आम आदमी पार्टी र स्वयं केजरीवालले नै आफूमाथि आक्रमण गर्न लगाएको हुनसक्ने आरोप लगाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : २६ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,