वेस्ट इन्डिजका लागि त्रिकोणात्मक शृङ्खला ‘उपलब्धिमूलक हुने’ « Khabarhub

वेस्ट इन्डिजका लागि त्रिकोणात्मक शृङ्खला ‘उपलब्धिमूलक हुने’


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


आयरल्यान्ड र बंगलादेशसँग हुने त्रिकोणात्मक क्रिकेट शृङ्खलाले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोलीलाई विश्वकप क्रिकेटको अभ्यासका लागि सहज हुने कप्तान जासन होल्डरले बताएका छन् । आइतबारबाट आयरल्यान्डमा शुरु हुन लागेको त्रिदेशीय क्रिकेट शृङ्खलामा पहिलो खेल आयोजक आयरल्यान्डसँग खेल्दैछ ।

मे ३० देखि इङग्ल्यान्ड र वेल्समा शुरु हुन लागेको विश्वकपका लागि अहिलेको शृङ्खलाले सघाउने उनको दावी छ । उनले भने,‘हामी पुन एक पटक दिनवटै खेल आफ्नो पक्षमा पार्न चाहान्छौं । जसका लागि ब्याटिङ, बलिङ र फिल्डिङमार्फत् सहज हुनेछ । हामी यो प्रतियोगिताको अन्त्यसम्ममा आफु राम्रो विपक्षीका रहेको प्रमाणीत गर्नेछौं,’ २७ बर्षे कप्तानले भने, ‘हामी यसलाई विश्वकपको अभ्यासको अवसरका रुपमा लिनेछौं जसले विश्वकपमा राम्रो शुरुवात गर्न सघाउनेछ ।’

इन्डिजको टोलीका क्रिस गेल र आन्द्रे रसेलजस्ता खेलाडीहरु अहिले भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग खेलिरहेका छन् । जुन उनीहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने प्रतियोगिता बनेको छ ।

‘उनीहरुले यसलाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रदर्शन देखाउने अवसर पाउनेछन् । तीनीहरुमध्ये केही खेलाडीहरुले एकदिवसिय क्रिकेट खेलेका छैनन् । उनीहरुलाई आफ्नो प्लेइङ–११ मा पर्ने चिन्ता छ’ कप्तान जासन होल्डरले भने ।

इन्डिजको १५ सदस्यीय टोलीमा आश्चर्य पार्ने निर्णय गर्दै सन् २०१७ पछि एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट नखेलेका स्यानोन गाब्रीयललाई आवद्ध गरेको छ । विश्लेषकहरुले इङग्ल्यान्डमा व्याटिङलाई सहज हुने पिच हुने भएका कारण उनलाई टोलीमा राखेको हुनसक्ने बताइरहेका छन् । स्यानोन इन्डिजका लागि मिडिलअर्डरमा ब्याटिङ गर्ने खेलाडी हुन् ।

आयरल्यान्ड र बंगलादेशसँगको शृङ्खला स्यानोनका लागि आफूलाई उत्कृष्ट देखाउने अवसर रहेको कप्तानले अनुमान लगाएका छन् । उनले भने, ‘हामी विश्वकपका लागि इङ्ग्ल्यान्ड पुनेबेलामा स्यानोन ब्याटिङमा पनि राम्रो गर्नेछन् । हाम्रा लागि स्यानोन एक प्रभावकारी खेलाडी हुन् । जसले मिडील अर्डर ब्याटिङ सुधार्ने गर्छन् ।’

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १ : ४५ बजे

समयमा उद्दार नहुँदा मर्‍यो हिलोमा गाडिएको जंगली हात्तीको छावा

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा

वैभवको रवाफ : क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडे, अर्कोमा तीन रनले चुके

नयाँदिल्ली- राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले बुधबार आईपीएल एलिमिनेटरमा हैदराबादविरुद्ध

चैत मसान्तसम्मको कृषि मन्त्रालयको पुँजीगत खर्च ०.६ प्रतिशत मात्रै, अरुको कति ?

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अवधिमा संघीय सरकारको मन्त्रालयगत

स्वास्थ्य बीमा बोर्डको दायित्व भुक्तानी १८ अर्ब बढी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत

फेरि बढ्यो इरान-अमेरिका तनाव, बन्दर अब्बासमा विस्फोटपछि अमेरिकी एयर बेसमा हमला

तेहरान- इरान र अमेरिकाबीच एकपटक फेरि तनाव बढेको छ, तर