‘सबैभन्दा माथि कोही छ भने त्यो हो मेस्सी’ | Khabarhub Khabarhub

‘सबैभन्दा माथि कोही छ भने त्यो हो मेस्सी’


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस महारथि बार्सिलोनाका कप्तान लियोनल मेस्सी यतिबेलाम विश्व फुटबलमा चर्चाको शिखरमा छन् । उनले पछिल्लो ११ वर्षमा ८ पटक ला लिगाको उपाधि बार्सिलोनालाई दिलाएका छन् ।

त्यस्तै, च्याम्पियन्स लिग फुटबल अन्तरगत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध २ गोल गरेका कप्तान मेस्सीका बारेमा उनका प्रशिक्षक अर्नेष्टो भालभेर्दोले मेस्सी सबैभन्दा माथिल्लो स्तरका खेलाडीरहेको बताएका छन् ।

उनले भने,‘त्यहाँ सधै एक जना शीर्ष स्थानमा हुन्छ, त्यो हो मेस्सी ।’ मेस्सीको प्रशंसा मुख्य प्रशिक्षक भालभेर्दोले अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले साताका चर्चित भनाइमा उल्लेख गरेको छ ।

केही दिन अघि युरोपा च्याम्पियन्स लिग फुटबल अन्तगत  सेमिफाइनल खेलको पहिलो लेगमा लिभरपुलविरुद्ध गोल गर्दा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब गोलमा ६ सय पुरा गरेका थिए ।

उनको ६ सयौं गोलले पुन एक पटक विश्व फुटबल प्रशंसकको साथ पाएको थियो। जसले उनलाई अर्का विश्वका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोसँग उनको तुलना गर्न थालिएको छ । यतिबेला मेस्सी र रोनाल्डोमध्ये फ्रिकिकमा को उत्कृष्ट भन्ने चर्चाले स्थान पाएको छ ।

यसअघि च्याम्पियन्स लिग गोलमा रोनाल्डो अगाडि रहेपनि फ्रिकिक गोलमा भने रोनाल्डोभन्दा मेस्सी अगाडि देखिएका छन् । जसमा मेस्सीलाई फुटबल पण्डितले फ्रिकिकको बादशाहको उपमा दिएका छन् । तर, रोनाल्डो भने फ्रिकिकमा मेस्सीभन्दा निकै पछि रहेका छन् । यो सिजनमा मेस्सीले ८ गोल गर्दा रोनाल्डोले फ्रिकिकमा एक गोल पनि गर्न सकेनन् ।

कप्तान लियोन मेस्सी एक उत्कृष्ट खेलाडी हुन् र आफुलाई अझै राम्रो गर्दै गइरहेका छन् । जुनकुरा उनले फुटबलको मैदानमा प्रमाणस्त पनि गरिरहेका छन् । उनले आफ्नो छुट्टै फ्रिकिक प्रहार गर्ने तरिका बनाएका छन् । जसमा उनले प्रहार गरेको बल क्रसबारबाट केही घुमेर जाली चुम्ने गर्दछ । यो सिजनमा उनले फ्रिकिकमा ८ गोल पुरा गरेका छन् ।

उनले बिहीबार बिहान प्रहार गरेको ६ सयौं गोल पनि फ्रिकिक गोल थियो । ३० यार्ड टाढाबाट लिभरविरुद्ध प्रहार गरेको बलले जाली चुमेको थियो । नोउ क्याम्पामा भएको च्याम्पियन्स लिग खेलमा आफ्नो खेल करियरको १४ औं वर्षमा आइपुग्दा उनले ६ सय गोल पुरा गरे ।

‘मेस्सीले केही चिज भर्खरै परिवर्तन गरेका छन,’ बीबीसीका लागि स्पेनका फुटबल विज्ञ युइल्लेम बालागुइले भने,‘ उनी आफैपनि यो विषयका लागि ज्ञाता होइनन् । तर, राम्रो अभ्यास गरेका छन् र अहिले केही नयाँ भएको तपाईले पनि संकेत पाउनु भएको छ । यसको पछाडी उनले धेरै मेहनत गरेका छन् ।’

‘उनी अहिले यसको मास्टर नै भइसकेका छन् र अहिलेकै अवस्थामा उनी जत्तीको उत्कृष्ट खेलाडी अरु छैन,’ उनले भने ।

लियोनल मेस्सीले फ्रिकिकबाट गरेको गोल संख्यामा वृद्धि

सन् २०१२–१३ को तथ्याङ हेर्दा उनले ४७ खेलमा गरी ४ गोल गरेका थिए । पछि २०१४–१५ को सिजनमा केही घटेको थियो । पुन मेस्सीले फ्रिकिकमा गोल गर्ने क्रम २०१५–१६ को सिजनमा बढाएका थिए । जसमा उनले त्यो सिजनमा खेलेका सबै खेलमा ७ फ्रिकिक गोल गरेका थिए । तर, अहिलेसम्मकै सबैभन्दा धेरै फ्रिकिक गोल मेस्सीले यो सिजनमा गरेका छन् । उनले यो सिजनमा मात्रै ८ गोल गरीसकेका छन् भने अझै केही खेल खेल्न बाँकी छ ।

२०१२–१३ देखि अहिलेसम्मका मेस्सीले गरेका गोल

 

युरोपमा सधै अगाडि

यो सिजनमा सिधै फ्रिकिकबाट ८ गोल गरेका मेस्सी दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मनका फरवार्ड डि मारियाभन्दा दोब्बर बढी हो । डि मारियाको गोल संख्या ४ छ ।

मेस्सीले पहिलो पटक एकै सिजनको च्याम्पियन्स लिगमा एक भन्दा बढी फ्रिकिकमा गोल गरेका छन् । जसमा उनले लिभरपुलविरुद्ध र पीएसभी इन्डिहोभानविरुद्ध गोल गरेका थिए । तर, अर्का स्टार खेलाडी रोनाल्डोले भने यो सिजनमा खेलेका २४ खेलमध्ये फ्रिकिकमा एक गोल गर्न सकेनन् ।

अहिलेसम्मको तुलना गर्नुपर्दा रोनाल्डो उमेरले सिनीयर भएपनि खेलमा फ्रिकिकमा उनीभन्दा मेस्सीको गोल संख्या धेरै छ । जसमा मेस्सीले २८ फ्रिकिक गोल गर्दा रोनाल्डोले मात्रै ९ गोल गरेका छन् ।

 

सर्वाधिक फ्रिकिकमा गोल गर्ने खेलाडी 

अर्जेन्टिना राष्ट्रिय टोलीबाट खेलेका १सय२९ खेलमा ६५ गोलसहित शीर्ष स्थानमा रहेका मेस्सीले अहिलेसम्म बार्सिलोनाका लागि ३५ गोल फ्रिकिकमार्फत गरेका छन् ।

उनले बार्सिलोनाका लागि पहिलो फ्रिकिक गोल सन् २००८ मा ला लिगामा एट्लेटिको मड्रिडविरुद्ध गोल गरेका थिए । च्याम्पियन्स लिगमा भने २००९ मा पहिलो फ्रिकिक गोल गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १ : ५४ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका