तत्काल पार्टीको महाधिवेशन गर्न कांग्रेस नेता पौडेलको माग | Khabarhub Khabarhub

तत्काल पार्टीको महाधिवेशन गर्न कांग्रेस नेता पौडेलको माग


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल पार्टीको महाधिवेशन माग गरेका छन् ।

कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने पौडेलको भनाइ छ ।

दिवंगत कांग्रेस नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली कांग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुपर्ने बताए ।

आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको पनि आरोप लगाए ।

कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरे ।

संक्रमणकालका बाँकी कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको निधिको भनाइ थियो ।

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दाबी गरे ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : ०९ बजे

ओलीले जवाफ नदिए मिसन ०८४ पतन हुने छ : भीम रावल 

काठमाडौं– नेकपा एमालेको संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष

रावलको प्रश्न- अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको हो ?

काठमाडौं– नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा

भीम रावलको गुनासो : पटक-पटक फोन गर्दा पनि ओलीले उठाएनन्

 काठमाडौं– नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा

भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु

नयाँ दिल्ली– भारतको पश्चिमी राज्य गुजरातमा मंगलबार अबेर राति एउटा

प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुर अधिकारी

काठमाडौं –  नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको