इरानमा राष्ट्रपतिका भाइ भ्रष्टाचार अभियोगमा जेल चलान « Khabarhub

इरानमा राष्ट्रपतिका भाइ भ्रष्टाचार अभियोगमा जेल चलान


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानका राष्ट्रपति हसन रौहानीका भाइलाई घुस प्रकरणमा जेल सजाय सुनाइएको छ ।

इरानको समाचार संस्था इर्नाले जनाएअनुसार हसन रौहानीका भाई होसेन फेरेदियोमलाई भ्रष्टाचार तथा घुस प्रकरणमा जेल सजाय सुनाईको हो । यद्यपि उनलाई कति समयका लागि जेल सजाय भएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

त्यस्तै, इर्नाको समाचारमा उनलाई भ्रष्टाचारको कुन अभियोगमा सजाय सुनाइएको हो भन्ने पनि खुलाइएको छैन ।

उनी सन् २०१६ देखि विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिदै आएको बताइएको छ । सन् २०१७ मा उनी पहिलोपटक जेल परेका थिए । एक रात जेलमा बिताएका उनी धरौटीमा रिहा भएको बताइएको छ । उनी र उनका अन्य ६ जना साझेदारविरुद्ध गत फेब्रुअरी बाट अदालतमा मुद्धा चलेको थियो ।

सजाय सुनाइएका होसेन फेरेदियोम इरानका वरिष्ठ कुटनीतिज्ञ तथा राजनीतिक रुपमा प्रभावशाली मानिसका रुपमा लिइन्छ ।

सन् २०१५ मा इरान र पश्चिमा मुलुकबीच भएको आणविक सम्झौका बेला पनि उनको भूमिका महत्वपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि पछिल्लो सजायलाई भने इरानका उदारवादी राष्ट्रपति हसन रौहानी र उग्रवादी संस्थापनबीच गहिरिँदो राजनीतिक खिचातानीको नतिजाको रुपमा लिइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : ४३ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय