अभिषेक र मन्जलीलाई इमर्जिङ प्लेयर्सको उपाधि « Khabarhub

अभिषेक र मन्जलीलाई इमर्जिङ प्लेयर्सको उपाधि


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले इमर्जिङ प्लेयर्सको अवार्डबाट २ जना सम्मानित भएका छन् ।

महिलातर्फ मन्जली कुमारी योन्जन र पुरुषतर्फ अभिषेक रिजाल इमर्जिङ प्लेयर्सको अवार्डबाट सम्मानित भएका हुन् ।

मन्जलीले विराटनगरमा सम्पन्न साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदशन गरेकी थिइन् ।

रिजालले केही समय अगाडि भारतको गुवाहाटीमा सम्पन्न डाक्टर टि आओ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए ।

एन्फाले पहिलो पटक मनाएको ‘एन्फा डे’को अवसरमा २ खेलाडी इमर्जिङ प्लेयर्सको उपाधिबाट सम्मानित भएका हुन् ।

गत वर्ष निर्वाचित भएको नयाँ कार्यसमितिले बैशाख २२ लाई एन्फा डे का रुपमा मनाउने निर्णय गरेको थियो ।

एन्फाले आफ्नो स्थापना दिवसका अवसर विभिन्न ११ वटा विधामा फुटबलर तथा फुटबलकर्मीलाई सम्मान गर्दै छ ।

दिवसका अवसरमा एन्फाले पुरुष र महिला विधामा विशेष योगदान खेलाडी अवार्ड, बर्ष उत्कृष्ट प्रशिक्षक, बर्ष उत्कृष्ट जिल्ला, बर्ष उत्कृट फुटबल क्लब, अन्तराष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडी, महिला र पुरुषको उदयमान खेलाडी, महिला र पुरुषको बर्ष उत्कृष्ट रेफ्री तथा लाईभ टाईम एच्युभमेन्ट अवार्ड प्रदान गर्दै छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ११ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा