प्रधानमन्त्री ओली जेठ अन्तिम साता स्वीट्जरल्याण्ड जाँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली जेठ अन्तिम साता स्वीट्जरल्याण्ड जाँदै


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली आगामी जेठ अन्तिम साता स्वीट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् ।

आगामी जेठ २७ देखि २९ गतेसम्म स्वीट्जरल्याण्ड भ्रमणमा जाने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ । उक्त भ्रमणमा दुई देशबीचको बहुपक्षीय सम्बन्ध सुदृढ बनाउनका साथै केही सम्झौता हुन सक्ने बताइएको छ ।

त्यसक्रममा स्वीट्जरल्याण्डका राष्ट्रपति तथा सरकारी उच्च ओहोदाका व्यक्तिसँग भेटवार्ता हुने बताइए पनि परराष्ट्रमन्त्रालयले औपचारिक कार्यक्रम भने सार्वजनिक गरेको छैन ।

यसअघि, गत वर्षको माघको दोस्रो साता  प्रधानमन्त्री ओली डाभोसमा भएको विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड भ्रमणमा गएका थिए ।

स्वीट्जरल्याण्ड भ्रमण अगाडि प्रधानमन्त्री ओली यसैसाता भियतनाम र कम्बोडिया भ्रमणमा जाने कार्यक्रम भने तय भइसकेको छ । यही बैशाख २६ देखि २९ गतेसम्म भियतनाम र ३०-३१ गते कम्बोडिया भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी हुनेछन् ।

भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बीको देश भएकाले प्रधानमन्त्रीको भ्रमण नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

कम्बोडियापछि थाइल्याण्ड हुँदै प्रधानमन्त्री ओलीको टोली जेठ १ मा स्वदेश फर्कने छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ४६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस