जेल बस्ने सबैलाई अपराधीको सूचिमा राख्न मिल्दैनः डा. कोइराला « Khabarhub

जेल बस्ने सबैलाई अपराधीको सूचिमा राख्न मिल्दैनः डा. कोइराला


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जेल बसेका सबै कैदीहरु अपराधी नै हुन भन्न नमिल्ने बताएका छन्।

काठमाडौस्थित सुन्धारामा रहेको केन्द्रीय कारागारमा रहेका अपांग कैदीहरुलाई ह्विलचियर वितरण कार्यक्रममा नेता कोइरालाले जेलमा बसेका सवैलाई अपराधीको सूचिमा राख्न नमिल्ने बताएका हुन् ।

उनले जेल बसेका ब्यक्तिहरु पटक–पटक सत्तामा पुगे पनी उनीहरुले जेल सुधारमा कहिल्यै ध्यान नदिएको बताए । डा कोइरालाले भने–‘कति मानिसले भुलवस कानून तोडेका हुन्छन्। कानूनको नजरमा उनीहरु दोषी ठहरिन्छन् तर वास्तविकता फरक पनि हुन सक्छ। त्यसैले जेल बस्ने सबैलाई अपराधीको सुचीमा राख्न मिल्दैन।’

नेता कोइरालाले कारागारलाई सजायको थलोको रुपमा भन्दा पनि सुधारगृहको रुपमा हेरिनुपर्ने बताए । आधुनिक विश्वमा खुल्ला कारागारको ब्यवस्था रहेको उदाहरण दिँदै डा कोइरालाले प्रहरी र जेल प्रशासनको रहोबरमा कम्युनिटीमै बसेर सजाय भुक्तान गर्न पाउॅने व्यवस्था गरिनुपर्नेतर्फ राज्यले सोच्ने समय आएको समेत बताए ।

कार्यक्रममा ह्विलचियर वितरण संस्थाका अध्यक्ष राकेश हमालले कैदीहरुले न्यूनतम् सेवासुविधा पाउनुपर्ने बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ०० बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६