जेल बस्ने सबैलाई अपराधीको सूचिमा राख्न मिल्दैनः डा. कोइराला | Khabarhub Khabarhub

जेल बस्ने सबैलाई अपराधीको सूचिमा राख्न मिल्दैनः डा. कोइराला


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जेल बसेका सबै कैदीहरु अपराधी नै हुन भन्न नमिल्ने बताएका छन्।

काठमाडौस्थित सुन्धारामा रहेको केन्द्रीय कारागारमा रहेका अपांग कैदीहरुलाई ह्विलचियर वितरण कार्यक्रममा नेता कोइरालाले जेलमा बसेका सवैलाई अपराधीको सूचिमा राख्न नमिल्ने बताएका हुन् ।

उनले जेल बसेका ब्यक्तिहरु पटक–पटक सत्तामा पुगे पनी उनीहरुले जेल सुधारमा कहिल्यै ध्यान नदिएको बताए । डा कोइरालाले भने–‘कति मानिसले भुलवस कानून तोडेका हुन्छन्। कानूनको नजरमा उनीहरु दोषी ठहरिन्छन् तर वास्तविकता फरक पनि हुन सक्छ। त्यसैले जेल बस्ने सबैलाई अपराधीको सुचीमा राख्न मिल्दैन।’

नेता कोइरालाले कारागारलाई सजायको थलोको रुपमा भन्दा पनि सुधारगृहको रुपमा हेरिनुपर्ने बताए । आधुनिक विश्वमा खुल्ला कारागारको ब्यवस्था रहेको उदाहरण दिँदै डा कोइरालाले प्रहरी र जेल प्रशासनको रहोबरमा कम्युनिटीमै बसेर सजाय भुक्तान गर्न पाउॅने व्यवस्था गरिनुपर्नेतर्फ राज्यले सोच्ने समय आएको समेत बताए ।

कार्यक्रममा ह्विलचियर वितरण संस्थाका अध्यक्ष राकेश हमालले कैदीहरुले न्यूनतम् सेवासुविधा पाउनुपर्ने बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ०० बजे

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए