हात भाँचिने गरी कुट्ने शिक्षिका लक्ष्मी पुन पक्राउ, के भन्छन् विद्यार्थी ? « Khabarhub

हात भाँचिने गरी कुट्ने शिक्षिका लक्ष्मी पुन पक्राउ, के भन्छन् विद्यार्थी ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– बिद्यालय ढिलो आएको भन्दै पाँच जना बिद्यार्थीको हात भाँचिने गरि कुट्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

शिक्षिका पुनलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ । उपचार खर्च १८ हजार दिने सहमतिमा घटना मिलाए पनि पैसा नदिएपछि घटना सार्वजनिक भएको हो ।

जेठ १२ गते निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी पुनले निजी स्रोतमा कक्षा १ देखि पाँच सम्म पढाउदै आएकी छिन् । उनले यसअघि पनि विद्यार्थीहरुलाई यसरी नै पिट्ने गरेको घाईते विद्यार्थीहरुले बताएका छन् ।

फेरि पनि कुटाई खाइने पो हो कि भन्ने डरले शिक्षिकाको यातनाका बारेमा विद्यार्थीहरुले केही बोल्न चाहेका छैनन् । शिक्षिकाको कुटाईबाट यसअघि पनि एक जना बिद्यार्थीको कान फुटेको र अहिले कानै नसुन्ने भएको समेत विद्यार्थीको आरोप छ ।

शिक्षिकाको कुटाईबाट हात भाचिएकाहरु भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोका रहेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : १३ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल