आज विश्व वातावरण दिवस « Khabarhub

आज विश्व वातावरण दिवस


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज जुन ५ तारिख, अर्थात् विश्व वातावरण दिवस । वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

वातावरण दिव मनाउनुभन्दा १ वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।

वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसूस गरी सम्मेलनको १ वर्ष पछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

विश्व वातावरण दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र वातावरणबीच सन्तुलन काम हुने सके मात्रै मानव समुदायले हासिल गर्ने उन्नति दिगो र उपयोगी हुने बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । दिवसको अवसरमा विभिन्न ठाउँमा बृक्षारोपणदेखि वातावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ०८ बजे

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा