मुस्लिम समुदायमा इद उल फितरको रौनक « Khabarhub

मुस्लिम समुदायमा इद उल फितरको रौनक


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार साँझ पवित्र महिना रमजानको चन्द्रमा हेरेका इस्लाम धर्मावलम्बी बुधबार हर्ष र उत्साहका साथ इद उल फितर मनाइरहेका छन् ।

इद उल फितरका अवसरमा बुधबार बिहानै राजधानीको घण्टाघरस्थित कास्मिरी मस्जिद र रत्नपार्कस्थित जामे मस्जिदमा ठूलो संख्यामा इस्लाम धर्मावलम्बीहरु जम्मा भएका छन् ।

मंगलबार सांझ चन्द्मा हेरपछि इस्लाम धर्मावलम्बीहरुले एक महिना लामो रमजान पर्व पूरा गरि इद उल फितर मनाउँछन् ।

आजको दिन ब्रतालुले एक महिना लामो कठिन ब्रत समापन गर्छन् । इद उल फितरका दिन नमाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गरी दिन–दुःखी तथा गरिब व्यक्तिलाई दान गर्ने गरिन्छ ।

इद उल फितरको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । मुस्लिम आयोगको सिफारिस पछि यसअघि मन्त्रीपरिषद् बैठकले विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मंगलबार सांझ गृहमन्त्रालयले विज्ञप्ती निकालेर बुधबार सार्वजनिक विदा गरिएको जानकारी गराएको हो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १ : ३० बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग