नेकपाभित्र जिल्ला इन्चार्ज र सहइन्चार्ज छान्न सकस, आज पनि तोक्न सकेन « Khabarhub

नेकपाभित्र जिल्ला इन्चार्ज र सहइन्चार्ज छान्न सकस, आज पनि तोक्न सकेन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेताहरुबीच मत बाँझिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बुधबार पनि पार्टी जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाँझिएपछि जिल्ला कमिटीको इन्जार्च र सहइन्चार्ज तोक्ने काम टुंगोमा पुग्न नसकेको हो ।

के गर्दा बढि उपयुक्त हुन्छ ? भन्ने विषयमा गम्भिरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोली बिहान नौं बजे पुनः बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण पनि बैठकमा सो विषयमा विस्तृत छलफल गर्न नसकेको उनले स्पष्ट पारे । ‘छलफल सकारात्मक भएको छ’, प्रवक्ता श्रेष्ठको भने, ‘भोली बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने छ ।’
नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा तयार पारेको पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको लिष्टमा भने वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् ।

सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज दिन नहुने अडान वरिष्ठ नेता नेपालले लिएपछि निर्णय लिन ढिलाई हुन गएको हो । मंगलबार नै सचिवालयको बैठकमा उक्त विषय प्रवेश गराइएको थियो । पार्टी प्रवक्ता श्रेष्ठले भोली बस्ने बैठकले टुंगो लगाउने र कार्य विभाजनका अरु थप विषयमा पनि छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : १९ बजे

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र