सुनसरीमा पत्रकार राईमाथि धारिलो हतियारले आक्रमण « Khabarhub

सुनसरीमा पत्रकार राईमाथि धारिलो हतियारले आक्रमण


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकारको नाक भाच्न एक करोड छुट्टयाएको भनेर सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रूपमा धम्की दिएकै बेला सुनसरीको धरान उपमहानगरपालिकामा अर्का एक पत्रकार कुटिएका छन् ।

धरानका पत्रकार दिलबहादुर राई कार्यस्थलमा नै कुटिएका हुन् ।  नेपाल पत्रकार महासंघ धनकुटाका कार्यकारी सदस्य तथा डीवीआर टेलिभिजन धरानका प्रमुख दिल वहादुर राईलाई मंगलवार राति टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा केही यूवाहरुले धारिलो हतियारले आक्रमण गरी घाइते बनाएको भन्दै नेपाल प्रेस युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले धरान उपमहानगरपालिकामा भएको यो आक्रमण मौलाउँदो दण्डहिनाताको नमुना भएको जनाएको छ ।

समाचार लेखेकै भरमा पत्रकार राईलाई आक्रमण गरी घाइते बनाएको घट्नाको घोर भत्सना र विरोध गर्दै तत्काल आक्रमणकारीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न युनियनले माग गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन