स्वच्छ हावामा बाच्न पाउने अधिकार मागे बालबालिकाले « Khabarhub

स्वच्छ हावामा बाच्न पाउने अधिकार मागे बालबालिकाले


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व वातावरण दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसैअवसरमा बौद्धमा करियर प्वाइन्ट एजुकेसन सर्भिसको आयोजनामा विभिन्न विद्यालयका विद्यार्थीले स्वच्छ हावामा बाच्न पाउने अधिकारका लागि सरकारको ध्यानाकर्षण गराउँदै प्ले कार्ड प्रदर्शनीका साथै नृत्य प्रस्तुत गरेका थिए ।

‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गरिएको नेपाल टिन लिडर्सका सदस्य रोमियो घले गुरुङले बताए ।
बालबालिकाहरुले स्वच्छ वायुको अधिकारका लागि सरकारको ध्यानाकर्षण गर्दै ‘डियर सरकार खै त मेरो स्वच्छ हावामा जिउने अधिकार,’ ‘वायु प्रदुषण पनि विनाशको एक हतियार हो,’ ‘नाक मुख छोपेर अपराधी जस्तो भएर म कहिलेसम्म हिड्ने,’ ‘स्वच्छ हावा मेरो अधिकार’ लगायतका नारा सहितको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रदुषणको मुख्य असर बालबालिकामा सिधै पर्ने भएको हुँदा उनीहरुले दैनिक रुपमा सामाना गर्नुपर्ने समस्याविरुद्ध र सम्बन्धित निकायलाई झक्झक्याउन कार्यक्रम गरिएको नेपाल टिन लिडर्सकी सदस्य ओजश्वी शिवाकोटीले बताइन् । संयुक्त राष्ट्रद्वारा घोषित ‘विश्व वातावरण दिवस’ पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ ।

उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नेपाल टिन लिडर्सका सदस्यहरुले गरेको करियर प्वाइन्ट एजुकेसन सर्भिसका संचालक विशाल केसीले बताए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : २२ बजे

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६