स्वच्छ हावामा बाच्न पाउने अधिकार मागे बालबालिकाले | Khabarhub Khabarhub

स्वच्छ हावामा बाच्न पाउने अधिकार मागे बालबालिकाले


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व वातावरण दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसैअवसरमा बौद्धमा करियर प्वाइन्ट एजुकेसन सर्भिसको आयोजनामा विभिन्न विद्यालयका विद्यार्थीले स्वच्छ हावामा बाच्न पाउने अधिकारका लागि सरकारको ध्यानाकर्षण गराउँदै प्ले कार्ड प्रदर्शनीका साथै नृत्य प्रस्तुत गरेका थिए ।

‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गरिएको नेपाल टिन लिडर्सका सदस्य रोमियो घले गुरुङले बताए ।
बालबालिकाहरुले स्वच्छ वायुको अधिकारका लागि सरकारको ध्यानाकर्षण गर्दै ‘डियर सरकार खै त मेरो स्वच्छ हावामा जिउने अधिकार,’ ‘वायु प्रदुषण पनि विनाशको एक हतियार हो,’ ‘नाक मुख छोपेर अपराधी जस्तो भएर म कहिलेसम्म हिड्ने,’ ‘स्वच्छ हावा मेरो अधिकार’ लगायतका नारा सहितको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रदुषणको मुख्य असर बालबालिकामा सिधै पर्ने भएको हुँदा उनीहरुले दैनिक रुपमा सामाना गर्नुपर्ने समस्याविरुद्ध र सम्बन्धित निकायलाई झक्झक्याउन कार्यक्रम गरिएको नेपाल टिन लिडर्सकी सदस्य ओजश्वी शिवाकोटीले बताइन् । संयुक्त राष्ट्रद्वारा घोषित ‘विश्व वातावरण दिवस’ पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ ।

उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नेपाल टिन लिडर्सका सदस्यहरुले गरेको करियर प्वाइन्ट एजुकेसन सर्भिसका संचालक विशाल केसीले बताए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : २२ बजे

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौं – काठमाडौँको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

उद्यमीलाई प्रधानमन्त्रीले भने- हाम्रो देश हामीले नै बनाउने हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान्

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

पाटन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन

देशभरका सात राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

सोल- दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका