विमाको रकम २५ लाख पाउने लोभमा चार वर्षीया छोरीको हत्या « Khabarhub

विमाको रकम २५ लाख पाउने लोभमा चार वर्षीया छोरीको हत्या


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– विमा बापतको २५ लाख रुपैयाँ पाउने लोभमा एक जना बुवाले छोरीको हत्या गरेका छन् ।

रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले विमाको रकमको लोभमा ५ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचि हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आरोपी यादवलाई सार्वजनिक गरेको छ । रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हातपार्नका लागि यादवले छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए ।

हत्याको भोलिपल्ट पोखरीमा ४ वर्षीया लक्ष्मीको शव फेला परेपछि प्रहरीले शुक्ष अनुसन्धान गरेको थियो ।

पैसाको लोभमा हत्या ?

रामकिशोरकी कान्छी छोरी हुन् लक्ष्मी । उनले छोरीको सुरक्षित भविष्यका लागि विमा गराएका थिए । रौतहटको गरुडामा रहेको प्रभु बैंकमा रामकिशोरकले कान्छी छोरी लक्ष्मीको २५ लाख रकमको विमा गराएका थिए । बिमाबापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाएका पनि थिए ।

तर कसैले बिमा गरेको एक महिनामै यदी बिमकको निधन भएका दुई गुणा पैसा फिर्ता पाइन्छ भन्ने सुनायो, त्यसपछि उनमा छोटो समयमा नै धेरै पैसा कमाउने लोभ जाग्यो । रामकिरोशले पैसाको लोभमा विमा गराएको २९ औं दिनमा छोरीको हत्या गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने दाउमा रामकिशोरले चार वर्षीया छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले छोरीलाई घरमै कुटपिट गरी हत्या गरेको र हत्यापछि शव पोखरीमा फालेर आफैं छोरी हराएको भन्दै प्रहरीलाई खबर गर्न पुगेको डीएसपी कार्कीले बताए ।

नियन्त्रणमा लिएको यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्यअगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : ५५ बजे

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल