काठमाडौँ महानगरपालिका कार्यालय सहयोगी घुस लिएको आरोपमा मुद्दा | Khabarhub Khabarhub

काठमाडौँ महानगरपालिका कार्यालय सहयोगी घुस लिएको आरोपमा मुद्दा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडकाले दश हजार घुस मागेको अभियोग लागेको छ । कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै खडकाले घुस मागेको आयोगले जनाएको छ ।

यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार आकाशदीप सिंहसहित दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कागजात नभएको मोटरसाइकल चलाउँदै आएका सुनिल न्यौपानेलाई जरिवाना बापतको रु दुई सयको चिट हवल्दार सिंहले काटेको घटनाक्रमबाट खुलेको छ ।

न्यौपानेले कागजात नभएको भन्दै रु २०० चिट काट्दा आफू पत्रकार भएको र भिडियो खिचेको बताउँदै सार्वजनिक रुपमा प्रचारप्रसार गरिदिने धम्की दिएका थिए । भिडियो प्रसारण नगरिदिन भन्दै हवल्दार सिंहले पटक/पटक गरी न्यौपानेलाई रु एक लाख उपलब्ध गराएका थिए ।

आयोगले हवल्दार सिंह र न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले उनीहरु विरुद्ध बिगो असुल र कैद सजायको समेत माग गरेको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ३६ बजे

एनसेलको विवरण अद्यावधिक गर्दै उद्योग विभाग

काठमाडौं – एनसेल आजियाटा प्रालि (एनसेल)को शेयर लगत अद्यावधिक गर्ने

आजबाट सुकिला नोट साट्न पाइने

काठमाडौं– दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही

तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पाँचथर– पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति गरेपछि पूर्वी

माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता 

दोलखा– शुक्रबार र शनिबारको अविरल वर्षासँगै खसेको पहिरोमा परेर माथिल्लो

हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु