यी ४ कारणले हुनसक्छ पुरुषमा स्तन क्यान्सर « Khabarhub

यी ४ कारणले हुनसक्छ पुरुषमा स्तन क्यान्सर


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया मानिसहरु स्तन क्यान्सरको खतरा महिलालाई मात्र हुने सोच्छन् । तर स्तन क्यान्सर महिलालाई बढी हुने भएपनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा हुने गर्छ । पुरुषमा हुने स्तन क्यान्सर महिलाको भन्दा धेरै जटिल हुन्छ ।

सामान्यतया उमेर धेरै भएका व्यक्तिहरुलाई यसको बढी खतरा हुन्छ । पुरुषको वक्षस्थलमा मासु धेरै हुँदैन यसकारण ब्रेस्टको ट्युमर सहजै पत्ता लगाउन सकिन्छ । पुरुषका केही कुराहरुले स्तन क्यान्सरको खतरालाई बढाउँछ ।

कलेजोको बिरामी भएका पुरुषलाई स्तन क्यान्सर हुने खतरा धेरै हुन्छ । जुन पुरुषमा बीआरसीए जीन वा क्लिन सेल्टर सिन्ड्रोम हुन्छ उनीहरुमा स्तन क्यान्सर हुने सम्भावना अत्यन्त उच्च हुन्छ । यो बाहेक फ्याटी लिभर र लिभर सिरोसिसको लामो समयसम्म उपचार नगरे स्तन क्यान्सर हुन सक्छ ।

रेडियसनको सम्पर्कमा आउँदा

कतिपय रोगहरुको उपचार गर्दा रेडियसन थेरापीको प्रयोग गरिन्छ । यो थेरापीको कारण स्तन क्यान्सरको खतरा बढ्छ । यदि तपाईले कुनै रोगको उपचार गर्दा रेडियसन थेरापीको सहारा लिनुभएको छ भने भविष्यमा स्तन क्यान्सर हुने सम्भावना बढ्दै जान्छ ।

उमेर

उमेर बढ्दै जाँदा पनि पुरुषमा स्तन क्यान्सर हुन सक्ने खतरा रहन्छ । सामान्यतया ४० देखि ६० वर्षसम्म पुरुषमा क्यान्सरको धेरै खतरा हुन्छ । यसका कारण उमेरको यो समयमा आइपुग्दा खानपान, जीवनशैलीलाई स्वस्थ र व्यवस्थित बनाउन जरुरी छ ।

मोटोपन

मोटोपन धेरै रोगहरुको कारण बनेको हुन्छ । पुरुषमा मोटोपनका कारण स्तन क्यान्सरको समेत सम्भावना रहन्छ । मोटोपनको कारण शरीरमा फ्याट सेल्सको संख्या बढ्छ र पछि गएर त्यो ट्युमरको कारण बन्न सक्छ । यो बाहेक फ्याट सेल्सले शरीरमा एस्ट्रोजनको मात्रा बढाउँछ, जुन पुरुषमा हुने ब्रेस्ट क्यान्सरको प्रमुख कारण हो ।

मद्यपान तथा धुमपान

अल्कोहल सेवन गर्ने बानी भएका पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ । स्तन क्यान्सरबाट बच्न धुमपान तथा मद्यपानको प्रयोगलाई शुन्य बनाउनु पर्छ । स्तन क्यान्सरको कारण छातीमा असहज महसुस हुन्छ । स्तनको आकारमा परिवर्तन आएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : ११ बजे

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर