संसद बैठक बस्दै, चल्न नदिने कांग्रेस र राजपाको चेनावनी | Khabarhub Khabarhub

संसद बैठक बस्दै, चल्न नदिने कांग्रेस र राजपाको चेनावनी


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।  प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधकाबीच बैठक बस्न लागेको हो ।

सभामुख कृष्णबहादुर महराले संसदको गतिरोध अन्त्यका लागि बारम्बार गरेको प्रयास असफल भइरहँदा संसद बैठक बस्न लागेको हो ।

सर्लाहीमा भएका फरक प्रकृतिका घटनामा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको सम्बन्धमा संसदीय छानविनको माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले बैठक अवरुद्ध गर्दै आएका छन् ।

सभामुख महरासँगको छलफलमा दलहरु गतिरोध अन्त्यका लागि सकारात्मक देखिए पनि अवरोध खुल्ने गरि भने सहमति भएको छैन ।

गतिरोध अन्त्यका लागि कांग्रेसले आज पनि आन्तरिक छलफल गर्दैछ । संसद बैठक बस्नु अघि थप छलफल गर्दै निकास दिने सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

उता राजपा सांसद लक्ष्मणलाल कर्णले माग सम्बोधन नभएसम्म संसदको गतिरोध अन्त्य नहुने बताए ।

कांग्रेस र राजपाको लगातारको नाराबाजी पछि गत साउन १३ र १५ गतेको बैठक कार्यसूचीमा प्रवेश नगरि स्थगित भएको थियो भने गत बिहीबारको बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : ४३ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।