संसद बैठक बस्दै, चल्न नदिने कांग्रेस र राजपाको चेनावनी « Khabarhub

संसद बैठक बस्दै, चल्न नदिने कांग्रेस र राजपाको चेनावनी


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।  प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधकाबीच बैठक बस्न लागेको हो ।

सभामुख कृष्णबहादुर महराले संसदको गतिरोध अन्त्यका लागि बारम्बार गरेको प्रयास असफल भइरहँदा संसद बैठक बस्न लागेको हो ।

सर्लाहीमा भएका फरक प्रकृतिका घटनामा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको सम्बन्धमा संसदीय छानविनको माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले बैठक अवरुद्ध गर्दै आएका छन् ।

सभामुख महरासँगको छलफलमा दलहरु गतिरोध अन्त्यका लागि सकारात्मक देखिए पनि अवरोध खुल्ने गरि भने सहमति भएको छैन ।

गतिरोध अन्त्यका लागि कांग्रेसले आज पनि आन्तरिक छलफल गर्दैछ । संसद बैठक बस्नु अघि थप छलफल गर्दै निकास दिने सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

उता राजपा सांसद लक्ष्मणलाल कर्णले माग सम्बोधन नभएसम्म संसदको गतिरोध अन्त्य नहुने बताए ।

कांग्रेस र राजपाको लगातारको नाराबाजी पछि गत साउन १३ र १५ गतेको बैठक कार्यसूचीमा प्रवेश नगरि स्थगित भएको थियो भने गत बिहीबारको बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : ४३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन