सुनको मूल्य अहिलेसम्मकै महंगो, कति पुग्यो मूल्य ? « Khabarhub

सुनको मूल्य अहिलेसम्मकै महंगो, कति पुग्यो मूल्य ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको मूल्य अहिलेसम्मकै महंगो बनेको छ ।

आइतबार नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रतितोला ६६ हजार ३ सय रुपैयाँ मूल्य तोकेको थियो । शुक्रवार नेपाली बजारमा सुन प्रतितोला ६५ हजार ५ सयमा कारोबार भएको थियो ।

विश्वबजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको महासंघले जनाएको छ ।

विश्व बजारमा सुनको मूल्य बढेर १ हजार ४ सय ४१ डलर प्रतिऔंस पुगेसँगै नेपाली बजारमा पनि सुन हालसम्मकै उच्च बनेको हो ।

सुनको मूल्य उच्च भएसँगै सुनको कारोबार ७५ प्रतिशतले घटेको व्यवसायीको भनाइ छ । सुनको व्यापार नभएपछि करिब पौने आठ सय किलो सुन बैंकमा जम्मा भएको छ ।

करिब १ महिनायता बैंकले सुन आयात रोकेको छ । यसअघि आयात भएको सुन बिक्री नभएपछि बैंकले गत असार २० गतेदेखि सुन आयात रोका हुन् । आइतबारसम्म करिब ८०० किलो सुन बैंकमा थुप्रिएको बैंकर्स संघले जनाएको छ ।

हाल वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार २२ वटा वाणिज्य बैंकहरूले पालोअनुसार दैनिक २० किलोका दरले सुन आयात गर्दै आएका छन् । यसको व्यवस्थापन बैंकर्स संघले गर्छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १० : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै