उद्योग दर्ता गरेवापत घुस माग गर्ने अधिकृत रंगेहात पक्राउ « Khabarhub

उद्योग दर्ता गरेवापत घुस माग गर्ने अधिकृत रंगेहात पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरको हेटौंडास्थित उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका अधिकृत (आठौं तह) चन्दनकुमार अमात्य घुस रकमसहित पक्राउ परेका छन् ।

उद्योग दर्ता गर्नका लागि आइई प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनका लागि लिएको ५० हजार घुस रकमसहित अमात्य पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले अमात्यलाई आइतबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

घुस लिइसकेपछि कार्यालय परिसरबाटै पक्राउ परेका अमात्यमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ०० बजे

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा