के सोनिया गान्धी केजीबीकी जासुस हुन् ? « Khabarhub

के सोनिया गान्धी केजीबीकी जासुस हुन् ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– त्यस्ता धेरै विषय हुन्छन्, जुन बाहिरी दुनियाँले स्वीकार गरेको हुन्न । तर, यस्ता विषयहरु जति दबाउन खोजियो उति रहस्यमय बन्दै जान्छ । नयाँ–नयाँ खुलासा, भित्री कुराहरुका केही अनुसन्धान वा विश्लेषणले यी विषयहरु सत्यजस्तो पनि लाग्ने गरेको छ ।

बेलाबेला भारतमा एउटा यस्तै विषयले माहौल लिने गरेको छ । यसअनुसार भारतीय विपक्षी पार्टी भारतीय काँग्रेसकी नेतृ सोनियाँ गान्धी कुनै समय तत्कालिन सोभियत संघको जासुसी निकाय केजीबीकी जासुस थिइन् ।

निकै लामो समयसम्म भारतीय गुप्तचर निकाय इन्टिलिजेन्स ब्यूरो आईबीमा काम गरेका भारतीय जासुस अधिकारी एमके धरले लेखेको पुस्तक ‘ओपन सिक्रिट्स : इण्डियाज इन्टिलिजेन्स अनभेइल्ड’ मा उनले सोनिया गान्धी केजीबीका लागि काम गर्ने जासुस रहेको उल्लेख गरेका छन् ।

उनको यही पुस्तकमा आधारित भएर धेरै भारतीयहरुलाई सोनिया गान्धी केजीबीको जासुस रहेको भन्ने लाग्दै आएको छ ।

सन् १९९१ मा स्विट्जरल्याण्डको स्विइसर इल्यूस्ट्रेटे नामक अखबारले पूर्व प्रधानमन्त्री तथा सोनिया गान्धीका पति राजिव गान्धीको बैंक खातामा २.२ अर्ब अमेरिकी डलर रहेको खुलासा गरेको थियो ।

त्यसयता उनको खातामा रहेको उक्त रकम सोभियत संघको जासुसी निकाय केजीबीले उपलब्ध गराएको भन्ने हल्ला चलेको थियो । तर, यो हल्लाबाहेक उक्त रकम कहाँबाट आएको हो भन्ने बारे भने अझै विश्वसनीय तथ्य बाहिर आउन सकेको छैन ।

यो कुरा किन पनि रोचक छ भने पूर्व सोभियत पत्रकार डा. येभगेनिया अल्बाट्सले लेखेको ‘द स्टेट विथइन अ स्टेट : द केजीबी एण्ड इट्स होल्ड अन रसिया’ नामक पुस्तकमा सन् १९८५ को डिसेम्बर महिनामा तत्कालिन केजीबीका प्रमुख भिक्टर चेब्रिकोभले तत्कालिन सोभियत संघको कम्युनिष्ट पार्टीको केन्द्रिय समितिसमक्ष राजिव गान्धी, सोनिया गान्धी र पाओला माइनोलाई पैसा उपलब्ध गराउन आग्रह गरेको उल्लेख छ । उनै पाओला माइनो सोनिया गान्धीकी आमा हुन् ।

अरु यस्ता धेरै पुस्तकरहरुमा केजीबीले भारतीय राजनीतिक क्षेत्रलाई प्रभाव पार्दै आएको खुलासा हुँदै आएको छ । तर, त्यसमा भएका सत्यता र विश्वसनीयता भने अझै पनि शंकाको घेरामा नै छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ४६ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट