संसदमा सभामुखको सक्रिय पहलकदमीको अपेक्षा गरिएको छ– प्रतिपक्ष « Khabarhub

संसदमा सभामुखको सक्रिय पहलकदमीको अपेक्षा गरिएको छ– प्रतिपक्ष


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदलाई अवरोध गर्न नभइ गतिशिल बनाउन चाहेको बताएको छ ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सोमबारको संसद बैठकमा सुशासन, लोकतन्त्र, मानवअधिकारका आधारभूत विषय प्रभावकारी ढंगमा अघि बढाउन आवश्यक रहेको बताइन् ।

सभामुख कृष्णबहादुर महराको सक्रिय पहलकदमीको अपेक्षा गर्दै संसद चलाउन आफूहरु तयार रहेको भन्दै सर्वदलीय बैठकमा भएको सहमति अनुसार संसद प्रभावकारी ढंगमा सञ्चालन हुने विश्वास व्यक्त गरिन् ।

‘कांग्रेस कुनै पनि हिंसा हत्याको पक्षमा छैन । हिंसा र हत्याको गतिविधिलाई शान्तिपूर्ण रुपमा अघि बढाउनुपर्छ भन्ने मान्नयता हिजो पनि थियो र भोलि पनि यथावत रहेको कुरा निवेदन गर्न चाहन्छु’ सांसद भुसालले भनिन्,‘ लोकतन्त्र, मानवअधिकार, संविधानवादको विषयवस्तुका बारेमा वकालत गर्न कांग्रेसले आफ्नो धारणा राखेको हो । शान्ति सुरक्षाका बारेमा सरकार र राज्य गम्भीर बन्नुपर्छ । संसदले लोकतन्त्रको मुद्दाई संसदमार्फत समाधान गर्नुपर्छ ।’

सरकारलाई संसद प्रति जिम्मेवार बनाउन आवश्यक रहेको भन्दै सांसद भुसालले जनताका सरोकारका विषयलाई संसदबाट उठान गरेर यहीबाट समाधान गर्नुपर्ने बताइन् ।

यसअघि नेपाली कांग्रेस र राजपाले सलाही घटना बारे उठाएको मानअधिकारको विषय संसदबाट समाधान गर्नुपर्ने आफूहरु माग यथावत रहेको बताइन् ।

त्यस्तै राजपाका सांसद राजकिशोर यादवले वार्ताको माध्यमबाट जस्तो सुकै समस्या समाधान गर्न सकिन्छ भन्ने मान्ता स्थापित भएको बताएका छन् ।

लोकतन्त्रको सबैभन्दा ठूलो मन्दिर संसद भएको भन्दै सांसद यादवले जनसरोकार भएका विषय सदनमा उठाउने र सदनको प्रमुखको रुपमा सभामुखले ग्रहरण गरेर सरकारलाई संसदप्रति उत्तरदायी बनाउन निर्देशन दिने काम गर्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : १७ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका