नागपञ्चमीको अवसरमा नागपोखरीमा मेला (फोटो फिचर) « Khabarhub

नागपञ्चमीको अवसरमा नागपोखरीमा मेला (फोटो फिचर)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंस्थित नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ ।

काठमाडौं महानगरपालिका वडा नं. १ मा अवस्थित नागपोखरीमा वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमामा दर्शन गरेका छन् ।

उक्त प्रतिमा जीर्ण भएका कारण फूल, अक्षतालगायत वस्तु चढाउनका लागि प्रतिबन्ध लगाइएको वडा नं १ का सदस्य राजकुमार श्रेष्ठले जानकारी दिए । उनले प्राचीनकालमा निर्माण भएको उक्त पोखरीमा नागको बसोबास रहेको र उनीहरु मानव कल्याणका लागि क्रियाशील रहेको ऐतिहासिक किंवदन्ती जोडिएको जानकारी दिँदै नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रशन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुख शान्ति कायम हुने विश्वास व्यक्त गरे ।

विभिन्न खानपिनका बिक्री कक्ष रहेको मेलाबाट प्राप्त हुने रकमलाई पोखरी क्षेत्रको विकास र स्तरोन्नतिका लागि खर्च गरिने क्लबका सहसचिव राजन श्रेष्ठले बताए । नागपोखरीको विशेषतालाई प्रचारप्रसार गर्ने उद्देश्यले करीब एकदशकदेखि यस्तो मेलाको आयोजना गरिएको उनले भने ।

नागपोखरीका केही झलकहरु :

यसैबीच हिन्दू धर्मावलम्बीले घरघरमा नागको चित्र तथा तस्बीर टाँसेर नागपञ्चमी मनाएका छन् । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागलाई देवताका रूपमा पूजा गर्ने प्रचलन हिन्दू धर्मशास्त्रमा छ । बिहानै स्नान गरी पवित्र भई नागको चित्र वा मूर्तिलाई गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँसेपछि आगलागी, चट्याङजस्ता विपद्बाट सुरक्षित रहिने विश्वास छ ।

तस्विर: अदिप श्रेष्ठ

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ४ : ०७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको