आज विहीवार, व्रत बसि भगवान विष्णुको पूजा गर्दा हुन्छ धन लाभ « Khabarhub

आज विहीवार, व्रत बसि भगवान विष्णुको पूजा गर्दा हुन्छ धन लाभ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज विहीवार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् ।

विहीवारको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास रहि आएको छ । आजको दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ ।

बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ५४ बजे

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध