तपाईंको जन्मबार कुन हो ? विहीवार जन्मिएकाको हुन्छ प्रेम विवाह « Khabarhub

तपाईंको जन्मबार कुन हो ? विहीवार जन्मिएकाको हुन्छ प्रेम विवाह


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसले जन्मिदा आ-आफ्नै भाग्य लिएर आएका हुन्छन् भन्ने हिन्दू धर्म शास्त्रको मान्ता रहेको छ ।

धर्मशास्त्रअनुसार जन्मकै आधारमा मानिसको भाग्य पनि निर्धारण भएको हुन्छ । जन्म कुण्डलीअनुसार हरेक मानिसको भाग्य फरक–फरक रहने गर्छ ।

यस्तै सातवटा बारअनुसार हरेक बार जन्मने मानिसको भाग्य र स्वभाव पनि फरक रहने शास्त्रीय मान्यता छ । यसमा पनि बिहीबार(आज) जन्मेका व्यक्तिको भाग्य कस्तो हुन्छ ? यसबारे जानी राखौँ ।

विहीवार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यो दिन जन्मेका व्यक्तिले मानिसहरुलाई निकै इज्जत गर्नेुहुन्छ । त्यसकारण मानिसहरुका लागि आदर्शवान व्यक्ति पनि कहलिने छन् । सफा र स्वच्छ बिचारधारका मालिक पनि हुनेछन् ।

बिहीबार जन्मेका व्यक्ति भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गरेपनि यस्ता व्यक्तिले उक्त क्षेत्रको उच्च पद हाँसिल गर्न सफल हुनेछन् । निकै मेहनती र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहना राख्ने हुन्छन् ।

बिहीबार जन्मेका व्यक्ति स्वतन्त्रता मन पराउने भएका कारण बन्धनमा बस्न चाहँदैनन् । योबार जन्मेका व्यक्ति चाँडै नै मानिसहरुलाई विश्वास गर्ने हुन्छन् । यस्तै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम भेट्ने छन् ।

विहीवार जन्मेका व्यक्ति आकर्षक र अटेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणले विहीवार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् । जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । विहीवार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : १६ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा