धनगढीमा ४ थान पेस्तोलसहित ‘अपराधिक गिरोह’का ३ जना पक्राउ « Khabarhub

धनगढीमा ४ थान पेस्तोलसहित ‘अपराधिक गिरोह’का ३ जना पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट ४ थान पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरुको विवरण भने खुलाउन मानेको छैन ।

पक्राउ परेकाहरु सञ्जय राणा समूहका सदस्य भएको कैलाली प्रहरी स्रोतको भनाइ छ । खबरहबको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय कैलालीका एक अधिकारीले सञ्जय राणा भनिने सञ्जय रानासहित ३ जना ४ थान पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ परेको जानकारी दिए।

उनीहरुको साथबाट केही गहना पनि बरामद भएको कैलाली प्रहरीका ती अधिकारीले जानकारी दिए ।

उनीहरु विभिन्न प्रकारका अपराधिक गतिविधिमा संलग्न रहँदै आएका जनाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बुधबार साँझ धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले चटकपुरस्थित घरबाट अवैध गतिविधि सञ्चालन गर्दै आएका थिए ।

धनगढीको जाइँ घर भएका राना प्रहरी अधिकारीसँग पनि हिमचिम भएका व्यक्ति मानिन्छन् । विभिन्न प्रकारका प्रकरणमा मुछिएका राना अन्तत: प्रहरी अधिकारीसँगको बलियो सम्बन्धै कारण जोगिने गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले हतियारसहित केही व्यक्ति पक्राउ गरेको पुष्टि गरेपनि उनीहरुको नाम भने खुलाउन मानेनन् ।

‘अहिले अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धान सकिएपछि हामी उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छौं,’ गिरीले भने ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : ५४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर