कागेश्वरी महामेला सुरु, डेढ लाख पर्यटक भित्र्याउने लक्ष्य « Khabarhub

कागेश्वरी महामेला सुरु, डेढ लाख पर्यटक भित्र्याउने लक्ष्य


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा बिहीबारदेखि महामेला सुरु भएको छ ।

३ दिनसम्म चल्ने मेलामा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै १ लाख ५० हजार पर्यटक भित्र्याउने उद्देश्य रहेको मेला व्यवस्थापन समितिले जनाएकोे छ ।

कागेश्वरी नगरपालिकाका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिएको बताए ।

नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा उक्त मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । नगरपालिकाले ३ दिनसम्म बिशेष कार्यक्रम गर्ने कार्यतालिका समेत बनाएको छ ।

धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले २ सय २७ किलो धातुको कागको मूर्ती स्थापना गरी कागेश्वरी महादेब मन्दिरको पहिचान बनाएको पनि थापाले जानकारी दिए ।

बिहीबार मेलाको उद्घाट्न गरी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, शुक्रवार धार्मिक प्रबचन र महात्म्य संचालन हुने र शनिवार मन्दिरको सरसफाई गर्ने कार्यक्रम रहेको उनले बताए ।

थापाका अनुसार मन्दिरको डिजाईन पुरातात्विक विभागबाट गराएको र ६ करोडको बजेट छुट्याएको साथै मन्दिर वरपर पर्यटकलाई लक्षित गरी भ्यू–टावर, पिकनिक स्पट बनाउने तयारी भइरहेको छ । ‘छोटो बाटोबाट पनि मन्दिरमा जान सकिन्छ’ उनले भने ‘सुन्दरीजल, गागलफेदी, कागेश्वरी नगरपालिका हुँदै छोटो बाटोको प्रयोग गरी जान सकिन्छ’ ।

नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न लागेको छ । अहिले मन्दिरको विस्तृत परियोजना प्रस्ताव (डीपिआर) निर्माण गरी मन्दिर क्षेत्रको भौतिक संरचना निर्माण भइरहेका जनाइएको छ ।

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढ्दै गएको छ ।

नेपालकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेवको मन्दिरमा हरेक बर्ष कागेअष्टमीका दिन बिशेष मेला लग्ने गरेको छ ।

कागे अष्टमीका दिन कागेश्वरी महादेवमन्दिरको दर्शन गर्नाले सम्पूर्ण पाप नाश हुने यस लोकमा सुख, शान्ति, र समृद्धि हासिल गरी परलोकनमा मोक्ष पाइन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  २ : १९ बजे

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी