पुजन र श्रीया च्याम्पियन « Khabarhub

पुजन र श्रीया च्याम्पियन


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिल्ड्रेन मोर्डनका पुजन तामाङ तथा नवज्ञानकी श्रीया खड्काले द चाँदवाग अन्तर स्कुल गोजु काई कराते प्रतियोगिताको एकल काँतामा च्याम्पियन बनेका छन् ।

बाँसबारीस्थित द चाँदवाग स्कुलमा बिहीबार भएको प्रतियोगितामा छात्रतर्फ पुजन र छात्रातर्फ श्रीयाले अन्य ८ स्कुलका प्रतिस्पर्धिलाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

यस्तै छात्रतर्फ मित्रपार्क डोजो का सोहेन्द्र राना मगर दोस्रो बन्दा आयोजक द चाँदका प्रबिज्ञ कोइराला तेस्रो बने । छात्रातर्फ सायुरी राईले दोस्रो स्थान हात पार्दा पुष्पा श्री र अंसु गुरुङ संयुक्त रुपमा तेस्रो भए ।

काठमाडौं उपत्यकाका २० स्कुलको सहभागिता रहेको प्रतियोगितामा छात्र तर्फ ५० केजी तौल समूहमा आयोजक द चाँदवागका मनग्य कोइराला र छात्रा तर्फ २० केजी तौल समूहमा द चाँदवागकी श्रीयाक्षी खत्रीले स्वर्ण पदक हात पारे ।

मनग्यले प्राक्सीस इन्टरनेशनल स्कुलका नितेश राईलाई पराजित गर्दा श्रीयाक्षीले गोल्डेन पिक स्कुलकी सोफीया कुंवरलाई पराजित गर्दै पहिलो भएका हुन् ।

छात्र तर्फ विभिन्न १० तौल समूह र छात्रा तर्फ ९ तौल समूहमा भएको प्रतियोगितामा विभिन्न स्कुलका खेलाडीले १९ स्वर्ण, ३८ कास्य र १९ रजत पदकका लागि प्रतिस्पर्धा गरेका थिए । दुई दिने प्रतियोगितामा ५ स्वर्ण पदक सहित नवज्ञानभुमि स्कुल पहिलो बन्दा ३ स्वर्ण पदक हात पारेको आयोजक द चाँदवाक दोस्रो र २ स्वर्ण पदक हात पारेको श्री बाँसबारी स्कुल तेस्रो भयो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : ४७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा