मेधा मावि देशकै उत्कृष्ट विद्यालय, गुल्मीको रेसुंगा दोस्रो « Khabarhub

मेधा मावि देशकै उत्कृष्ट विद्यालय, गुल्मीको रेसुंगा दोस्रो


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।

मन्त्रालयले ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तरराष्ट्रिय साक्षरता दिवसका दिन मेधा माविलाई पुरस्कृत गर्ने शिक्षा मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीले जानकारी दिएको छ ।

मन्त्रालयले १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिष्ट्रेशनको आधारमा गरेको मूल्याङ्कनमा मेधाले ९०.१ नम्बर प्राप्त गर्दै पहिलो विद्यालय बन्न पुगेको केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै गुल्मीस्थित रेसुङ्गा माविले ८६.३४ नम्बर ल्याएर दोस्रो र काठमाडौँको बालाजुस्थित तरुण मावि ८६.३२ नम्बरसहित तेस्रो भएको छ । संस्थागततर्फ भने रिलायन्स इण्टरनेशनल एकेडेमी कपन काठमाडौं प्रथम, नेपाल प्रहरी मावि साँगा काभ्रे दोस्रो र भ्याली भ्यू इङ्लिस स्कूल नयाँबानेश्वर काठमाडौँ तेस्रो भएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत १२ कक्षासम्म सञ्चालित विद्यालयबाट सामुदायिकतर्फ कास्की पोखराको अमरसिंह मावि प्रथम, मोरङ इन्द्रपुरको सुकुना मावि द्धितीय र पर्वत फलेवासको भवानी विद्यापीठ तृतीय भएका छन् ।

संस्थागततर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे साँगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभियर्स कलेज माइतीघर काठमाडौँ तृतीय भएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ०० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर